|  

बालुवा मजदुरको पीडा – “रोगले भन्दो भोकले मर्ने भैयो”

२७ भाद्र २०७७, शनिबार १३:४२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


भुवन भण्डारी/गजुरी
महिनौं दिन देखिको बन्दाबन्दी र त्यस पछिको निसेधाज्ञालाई देखाउँदै जिल्ला प्रशासन कार्यालय धादिङले त्रिशुली नदिबाट बालुवा निकाल्न रोक लगाए पछि यहाँका बालुवा मजदुर समस्यामा परेका छन् । विशेष गरि वर्षाको समयमा नदी तथा खोलामा पानीको सतह बढ्ने तथा बाढी आउने हुदा यो समयमा मजदुरहरुको सुरक्षालाई ध्यानमा राखी वालुवा निकाल्न रोक लगाएको स्थानीय प्रशासनले बताए पनि वर्षा रोकिँदा समेत थुन्सेमा बालुवा झिकी दैनिकी चलाउनेहरुको विषयमा प्रसासनले चासो नदेखाउँदा मजदुरलाई दैनिकी चलाउन सकस भएको हो ।
नदीले बगाएर लाने बालुवा थुन्सेमा बोकी दुई पौसा आम्दानी गरि परीवार धान्ने गरेका मजदुर प्रशासनले बालुवा निकाल्न रोके पछि घर धान्न समेत समस्या परेको बताउँछन् । रोजी रोटीको ज्ञारेन्टी गर्न जिल्ला प्रशासन कार्यलयलाई पटक पटक आग्रह गर्दा पनि वेवास्था गरेको मजदुरहरुले बताउँछन् । अन्य कुनै रोजगारीको बाटो नभएको र थुन्सेमा बालुवा झिक्दै बेच्दै गुजारा गर्दै आएका धादिङका बालुवा मजदुरहरु प्रशासनले कोरोनाको कारण देखाउँदै धर पकट गर्न थाले पछि रोगले भन्दा भोकले मरिन्छ कि भन्ने चिन्तामा रहेको मजदुर बताउँ छन् ।
त्रिशुली नदीकै कुनै ठाउँमा मेसिन लागएर बालुवा निकाल्न दिने र कही मजदुरले थुन्सेमा पनि बालुवा निकाल्न नपाउने भन्दै पुलिस लगाएर धरपकट गरेको मजदुरहरुले गुनासो गरेका छन् । वर्षायाम भए सँगै त्रिशुली नदीले बगाएर ल्याउने बालुवा धादिङका विभिन्न ठाउँहरुमा मजदुरहरुले थुन्सेमा उठाएर बेच्दै आएका छन् । विगतका वर्षहरुमा सहजै रुपमा निकाल्ने गरेको मजदुरहरुले यो वर्ष वर्षा सकिए पनि वालुवा निकाल्न नपाउँदा रोगले भन्दा भोकले मर्ने आवस्था आउन लागेको भन्दै प्रशासनको विरोध गरेका छन् । पटक पटक जिल्ला प्रशासनको ध्यानाकर्षण गर्दा पनि आफुहरुको रोजी रोखि खोसिएको भन्दै कि त प्रशासनले अन्य रोजगारीको व्यवस्था मिलाउनु पर्ने कित वालुवा झिक्न दिनु पर्ने मजदुर रोजीना मगरले बताईन् । स्थानीय तहले मजदुरहरुरले वालुवा निकाल्न पाउने व्यवस्था परे पनि जिल्ला प्रशासन कार्यलयले यसमा रोक लगाएको हो । यसरी स्थानीय सरकारले दिएको अधिकार संघिय सरकारको प्रतिनीधिको रुपमा रहेको जिल्ला प्रशासनले रोक लगाउँदा आज काम गरेर आजै परिवार पाल्नु पर्ने मजदुरहरु समस्यामा परेको अर्का मजदुर रजी तामाङले. बताए
जिल्लाको गजुरी गाउँपालिका गाउँ कार्यपालिकाले मजदुरहरुले वालुवा निकाल्न पाउने कानुनी व्यवस्था गरि जिल्ला प्रशासन कार्यलय, जिल्ला प्रहरी कार्यलय लाई समेत पत्राचार गरि मजदुरहरुरलाई वालुवा निकाली दैनिकी चलाउन सहज बनाएको बताए पनि प्रहरिले धरपकट गर्न छोडेको छैन । यो भन्दा अगाडी मेसिन प्रयोग गरेर नदीबाट ढुङ्गा, बालुवा निकाल्न रोक लगाएकोमा अबदेखि भने मान्छेहरुले समेत नदीबाट बालुवा ढुङ्गा गिट्टी निकाल्न नपाउने भए पछि मजदुरहरुले विरोध गरेका हुन् ।
विशेष गरि वर्षाको समयमा नदी तथा खोलामा पानीको सतह बढ्ने तथा बाढी आउने हुदा यो समयमा मजदुरहरुको सुरक्षालाई ध्यानमा राखी यस्तो वालुवा निकाल्न रोक लगाएको जिल्ला प्रशासन कार्यलय धादिङले जानकारी दिएको छ । धादिङ जिल्ला भई बग्ने त्रिशुली नदि र अन्य साना खोलाहरुबाट वालुवा निकाली करिव दुईहजार मजदुरहरुले जिवन धान्दै आएका छन् । जिल्लाकाा राजमार्ग क्षेत्रमा संचालीत वालुवा प्रशोधन उद्योग(फिरफिरे) ८१ ओटा रहेको छ भने वालुवा मजदुरले पनि यिनै फिफिरलाई वालुवा निकाल्दै विक्र गर्दै आएका छन् ।

२७ भाद्र २०७७, शनिबार १३:४२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस