|  

स्वाथ्य सेवा सबैको पहुँचमा हुनु पर्छ – मन्त्री जम्कटेल

२ आश्विन २०७७, शुक्रबार ११:०० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


राजन अधिकारी / चरौंदी, धादिङ
स्वाथ्य सेवामा सबैको पहुँच पुग्नु पर्ने बागमती प्रदेशका अान्तिरक मामिला तथा कानुन मन्त्री जम्कटेलले बताएका छन् । विहिवार धादिङमा भएको एक कार्यक्रममा मन्त्री जम्कटेलले स्वास्थ नै सबै भन्दा ठूलो धन भएको भन्दै सबैलाई अाफ्नो स्वाथ्य प्रति सचेत रहन आग्रह गर्नु भयो ।
बेनिघाट रोराङ गाउँपालिकाको सहयोगमा चरौंदीमा निमार्ण भएको अाधारभुत स्वास्थ्य केन्द्र को नवनिर्मित भवन उद्घाटन गर्दै मन्त्री जम्कटेलले सबै ठाउँको समान विकासका लागि अाफु लागेको बताउनु भयो ! वि.स. २०६३ देखि अहिले सम्म अन्तरिम विधायक, संविधानसभा सदस्य हुँदै प्रदेश मन्त्री हुँदा सम्म धादिङको विकासमा सकृय भईरहेको बताउनु भयो । यश अवधिमा धादिमा विकासका धेरै काम हरु भएको पनि मन्त्री जम्कटेलले बताउनु भयो ।

२ आश्विन २०७७, शुक्रबार ११:००  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस