|  

महिला समुहका अगुवाहरु बिच उद्यमशीलतामा अवसर र चुनौती बिषयक अन्तरक्रिया

११ आश्विन २०७७, आईतवार १२:४४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


धादिङमा४१औं  सामाजिक सेवा दिवस २०७७ को अवसरमा महिला समुहका अगुवाहरुको बिच उद्यमशीलतामा अवसर र चुनौती बिषयक अन्तरक्रिया सम्पन्न भएको छ । सिद्धलेक गाउँपालिकाको बुङचुङ,खिर्रे,गगते,मैदान र माझिटारमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा समुदाय तहमा गठित स्वबलम्बी महिला समुहका उद्यमी महिलाहरुको सक्रिय सहभागीता रहेको थियो । स्थानीय स्तरमा कृषि ,साना पशु बाख्रापालन,लोकल कुखुरा पालन ,व्यवसायीक तरकारी खेती लगागत कृषि उद्यमी बन्न अवसर रहेको बिषयमा छलफल भएको थियोे लगानीको सहजिकरणमा महिलाहरूको सहभागीतामा नै गाउँमा नै संचालित सहकारी संस्था रहेको र महिलाहरुको प्रत्यक्ष पहुँचले गर्दा व्वसायीक योजना सहित कार्य गर्न चाहनेहरुको लागि सामाजिक उद्यमी बन्न प्रसस्त संभावना देखिएकाले अहिले गाउँ गाउँमा कृषि उद्यम बन्ने महिलाहरुको संख्या उल्लेख बृद्धि भएको सिद्धलेक ४ मैदानकी अस्मिता थापामगरले बताउनु भयो । समूह अगुवा संञ्जालमा अाबद्ब अगुवा महिलाहरुले अवसर सँगै सामाजिक उद्यमी बन्दा उत्पादित कृषि उपजहरुको उचित मुल्य नपाईने,बिचौलियाले बजार बिगारिदिने,समयमा मल,बीउ तथा प्राविधिक सेवा नपाईने जस्ता समस्या रहने गरेको सिद्धलेक १ कि कमला भट्टको भनाइ छ । साना पशु बाख्रापालन,कुखुरा पालना गर्दा बिमा सेवा लिन,नश्ल सुधारको लागि उन्नत जातको बोका,व्यवसायिक खोर बनाउन अनुदान ,बिक्रीमा अाधारित अनुदान तथा जोखेर सहकारी मार्फत कृषि तथा पशु उपज बिक्री गर्न समस्या रहेको सिद्धलेक ५ कि गोमा श्रेष्ठले बताउनु भयो । अन्तर क्रिया हेफरईन्टरनेशनल नेपालको सहकार्य उपहार महिला कृषि सहकारी र सिद्धलेक गाउँपालिकाको समन्वयमा तथा प्रयास नेपाल धादिङका कार्यकारी दामोदर अर्याल र ईश्वरी कोईरालाले सहजिकरण भएको एकराज पण्डितले जानकारी दिनु भयो । अन्तरक्रिया अाएका सवालहरुलाई सम्बोधन गर्दै सामाजिक उद्यम प्रबर्द्धन गर्न ३ महिना कार्ययोजना नै बनाएर स्थानीय तहको सरकार तथा कृषि तथा पशुपालनकासँग सम्बन्धित सरोकारवाला निकायहरुसँग नितिगत र व्यवस्थापकिय पक्षहरु सुधारका लागि निरन्तर छलफल चलाउने निर्णय भएको प्रदिप राज रेग्मीले जानकारी दिनु भयो।

११ आश्विन २०७७, आईतवार १२:४४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस