|  

खानेपानी योजनाको दिगोपन तथा पानी सुरक्षाका बिषयमा सरोकारवालासँग अन्तरक्रिया

१२ आश्विन २०७७, सोमबार १८:२३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


४१ औ सामाजिक सेवा दिवसको अवसर पारेर निर्माण सम्पन्न खानेपानी योजनाको दिगोपन तथा तथा पानी सुरक्षामा उपभोक्ता समितिको भुमिका र जिम्मेवारी बिषयमा सम्बन्धित सरोकारवाला बिच अन्तरक्रिया भएको छ । भिन्न भिन्नै ५ स्थानमा २/२ दिन संचालन भएको अन्तरक्रिया कार्यक्रम बज्रकोट खानेपानी योजना धुनिबेसी नपा ४,पिडा खानेपानी योजना योजना गजुरी गापा ४ ,शेराबेसी खानेपानी योजना सिद्धलेक ७,परेवाटार खानेपानी योजना सिद्धलेक ६ र बेलिनिटार खानेपानी योजना गल्छी गापा वडा नं २ मा सम्पन्न भएको हो । खानेपानी योजना निमार्ण सम्पन्न पश्चात् योजनालाई दिगोपन बनाउने तथा मुहान देखि मुख सम्म पानीको सुरक्षा गर्ने तौरतरिका ,मर्मत संभारकोष बृद्धि , हेरालु व्यवस्थापन , निमार्ण भएको संरचना सुरक्षा तथा मासिक सरसफाइ लगायतका बिषयमा छलफल तथा दिगोपनको लागि कार्य योजना तयारी गरिएको शेराबेसीका सामाजिक अगुवा समेत रहेका बृहस्पति भण्डारीले भनाई रहेको छ । । घर घरमा धारा जडान सहित कार्य अन्तिम चरणमा रहेकोले खानेपानी योजनाको दिगोपनको लागि सबै पक्षलाई समेटेर लैजान उपभोक्ताहरु बिच छलफल कार्यक्रम गरिएको बेलिनिटार खानेपानी योजनाका अध्यक्ष धर्मराज खतिवडाले बताउनु भयो । पहिले सामुदायिक धारा मार्फत खानेपानी योजना हुने गरेकोमा अहिले घर घरमा धारा जडान गरि व्यवस्थित रुपमा संरचना निमार्ण गरिएकाले सबै घरधुरीले मासिक शुल्क निर्धारण गर्ने ,घर धारा,ईन्टेक ,संकलन ट्याङ्की र मुहान वरिपरि सरसफाइ गर्ने बिषयमा छलफल गरि योजना बनाईएको पिडा खानेपानी योजनाका अध्यक्ष दिनेश भण्डारीले बताउनु भयो । गाउँ/नगरपालिका अक्सफामको सहकार्य प्रयास नेपाल धादिङले दिगोपन सम्बन्धि अन्तरक्रियाको सहजिकरण गरेको सामुदायिक स्वास्थ्य सहजकर्ता गोबिन्द बिडारीले जानकारी दिनु भयो । अन्तरक्रिया कार्यक्रममा प्रयास नेपालका ईन्जिनियर भरत अधिकारी , चक्रपाणी जोशी , प्राविधिक जुनेशजंग शाह,सिताराम चौधरी र कार्यकारी निर्देशक दामोदर अर्याल लगायत सहजिकरण गर्नु भएको पनि सामुदायिक स्वास्थ्य सहजकर्ता गोबिन्द बिडारीले जानकारी दिनु भयो । सामाजिक क्षेत्र राष्ट्रिय गौरव आजको प्राथमिकता,
समृद्धि र सुखको लागि सामाजिक रुपान्तरण र उद्यमशीलता भन्ने आर्दश बाक्य सहित ४१ औं सामाजिक सेवा दिवस ६ देखि १२ असोज २०७७ को अवसर पारेर हरेक स्थानीय तहमा सामाजिक विकाससँग सम्बन्धित कार्यहरु सप्ताह व्यापि रुपमा गर्ने योजना अनुरुप अहिले जल्दाेबल्दो समस्याको रुपमा निमार्ण भएको पुर्वाधारको सहि सदुपयोग ,संरक्षण र उपभोक्ताहरुमा उत्तरदायित्व तथा जिम्मेवारीको बृद्धिको लागि समुदाय र उपभोक्ता तहमा अन्तरक्रिया तथा छलफल जरुरी देखिएको गैरसरकारी संस्था महासंघ बागमति प्रदेश अध्यक्ष समेत रहेका प्रयास नेपालका कार्यकारि निर्देशक दामोदर अर्यालले बताउनु भयो ।

१२ आश्विन २०७७, सोमबार १८:२३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस