|  

गजुरीमा १० दिने महिला सिपमुलक तालिम सम्पन्न

२० आश्विन २०७७, मंगलवार १९:०० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


धादिङ/गजुरी :धादिङको दक्षिणी भेग  अन्तर्गत पर्ने गजुरी गाउँपालिकाले आफ्नो गाउँपालिकामा रहेका बिपन्न र मध्यमवर्गीय परिवारका महिलाहरुलाई लक्षित गरी सीपमुलक र आयमुलक तालिम कार्यक्रम सञ्चालन गरेको छ ।

बिश्चव्यापी संक्रमणको महामारीको रुपमा फैलिएको कोरोना भाइरसको महामारीकाबीच धादिङ जिल्लाको गजुरी बजारमा सामाजिक दुरी कायम गर्दै नेपाल सरकारद्वारा जारी स्वास्थ्य मापदण्डको अधिनमा रही १० दिने तालिम सम्पन्न भएको हो ।

कोरोना भाइरसको संक्रमणको जोखिमकाबीच पनि गजुरी गाउँपालिकाले यस अन्तरगत पर्ने बिभिन्न वडाहरुमा बसोबास गर्ने महिलाहरुलाई आयआर्जनमा सक्षम बनाउने लक्ष्य सहित बिभिन्न किसिमका तालिम तथा रोजगारमुलक कार्यक्रमहरु संचालन गरी वडा नं १ मा बसोबास गर्ने करिब २५ जना महिलाहरुलाई महिला उद्यमशिल तथा सीपमुलक गुडिया तथा कुसन बनाउने सम्बन्धी तालिम दिइएको हो ।

तालिम कार्यक्रमको उद्घाटन तथा समापन दुबै कार्यक्रमका प्रमुख अतिथी गजुरी गाउँपालिकाका अध्यक्ष राजेन्द्र बिक्रम बस्नेतले तालिम पश्चात गजुरी गाउँपालिकाको आयोजनामा समेत सीपमुलक तालिम प्राप्त महिलाहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउदै आगामी दिनमा यस्ता कार्यक्रहरु गाउँपालिकाको हरेक वडाहरुमा संचालन गरिने र समृद्ध गाउँपालिका बनाउने महाअभियानमा यो कोशेढुंगा साबित हुने बताए ।

तालिम कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्ने कार्यमा अहोरात्र खटिएका प्रशिक्षक तथा तालिम प्राप्त महिलालाई प्रमुख अतिथि बस्नेतले प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष्य सीता ढुगाना लगायतका बक्ताहरुले आ–आफ्ना धारणा राखेका थिए ।

गत साल मात्र गजुरी बजारमा करिब १ सय जना महिलाहरु जम्मा भई स्थापना भएको गजुरी रुद्रेश्वर आमा समूहको आयोजना तथा गजुरी गाउँपालिकाको आर्थिक सहयोगमा उक्त उद्यमशिल तालिम सम्पन्न भएको थियो ।

समापन कार्यक्रमको अध्यक्ष्यता समूहकी अध्यक्ष सीता श्रेष्ठले गरेकी थिइन भने संचालन समूहकी कोषाध्यक्ष सर्मीला नेपालले गरेकी थिइन्।

२० आश्विन २०७७, मंगलवार १९:००  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस