|  

बेलायतमा रहेका विष्णु खरेल द्वरा नेपालका अनाथ बालबालिकालाई 3 लाख सहयोग

२१ आश्विन २०७७, बुधबार १८:२४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


बेलायतका सक्रिय नेपाली समाजसेवी एवम् युवा व्यवसायी विष्णु खरेलले नेपालका अनाथ बालबालिकाको सहयोग गर्दै आएको छन । खरेल संचालक रहेको बेलायतको ग्रेसटस्थित बेलिफ रेष्टुरेन्ट सन्चालक रहेका छन ।

संकलित रकम काठमाडौंमा ५० अनाथ बालबालिकालाई संरक्षण प्रदान गरिरहेको ‘माया घर’ अनाथ आश्रमलाई सहयोग गरेका छन । नेपालमा रहेका जेनि न्यौपानेले नेपाल मा कोडिनेशन गरेका थिए ।

च्यारिटी डिनरमा बेलिफ रेष्टुरेन्टका नियमित ग्राहकहरुको साथै बेलायतको नेपाली समुदायका अग कोभिड महामारीले निम्त्याएको असहज अवस्थामा पनि च्यारिटी कार्यक्रममा सहभागी भएर सहयोग गरेको जानाकारी दिए । उहाहरुको सहयोग ले छिट्टै दशैमा पनि बिषेश प्याकेजको साथ सहयोग गर्न लागेको जेनि न्यौपाने ले बनाउनु भयो

व्यवसायसंगै समाजसेवामा पनि उत्तिकै सक्रिय बेलिफ रेष्टुरेन्ट संचालक खरेलले नियमित रुपमा सामाजिक कार्यहरु गर्दै आएका छन् । यस वर्षमात्रै उनले १० लाख रुपैयाँको सहयोग नेपाल पठाइसकेको बताए ।

२१ आश्विन २०७७, बुधबार १८:२४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस