|  

लागु औषध चरेस सहित एक पक्राउ

२१ आश्विन २०७७, बुधबार १९:२४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


ईलाका प्रहरी कार्यालय गजुरीले विषेश सुराकीको आधारमा चरेश कारोवारमा संलग्न एक जनालाई पक्राउ गरेको छ । धादिङ जिल्ला खनियावास गाउँपालिका वडा नं. २ तर्चिका रेशम बहादुर तामाङलाई पक्राउ गरेको हो ।
गजुरी गाउँपालिकाको आदमघाटमा लागु औषधको कारोवार हुँदैछ भन्ने विषेश सुराकीको आधारमा ईलाका प्रहरी बाट खटिएको प्रहरी टोलीले २० केजी ८ सय ग्राम चरेस आदमघाट स्थित पृथ्पी लोकमार्ग बाट हरियो रंगको जेब्रा झोलामा ४ वटा पोका, साथमा भिरेको झोला र निजको साथबाट सामसुङ मोवाईल १ थान र नगद रु ८ हजार फेला पारेकोले सो कार्यमा संलग्न खनियावास गाउँपालिका २ का रेशम बहाादुर तामाङलाई उक्त लागु औषध बरामद गरि सामान सहित नियनत्रणमा लिई जिल्ला अदालत धादिङबाट म्याद थप गरि आवश्यक अनुसन्धान भई रहेको ईलाका प्रहरी कार्यालय गडथजुरी धादिङका प्रहरी नायव निरिक्षक विश्वराज खड्काले जानकारी दिनु भयो । खड्काका अनुसार धादिङका ग्रामिण तथा लेक क्षेत्रहरमा गाँजा खेति हुँदै आएको छ ।

२१ आश्विन २०७७, बुधबार १९:२४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस