|  

मन्त्री जम्कट्टेल द्वारा प्रदेश प्रहरी कार्यलयको निरीक्षण

२३ आश्विन २०७७, शुक्रबार २१:४१ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


हेटौंडा २३ शुक्रबार
बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले हेटौंडामा रहेको प्रदेश प्रहरी कार्यलयको निरीक्षण गर्नु भयो ।
मन्त्री जम्कट्टेलले कार्यलयको सम्पुर्ण बस्तुस्थितिको स्थलगत निरीक्षण गर्नुका साथै प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको ३२ करोड लगानीमा बन्न लागेको प्रदेश प्रहरी मुख्यालयको प्रगति र हाल निर्माणाधीन रहेको ४७ वटा प्रहरी चौकीहरुको बिषयमा पनि जानकारी लिनु भयो । सोही अबसरमा बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख बसन्त कुमार लामाबाट समग्र प्रदेश प्रहरीको कार्यपत्र प्रस्तुत गर्नु भयो ।
उक्त कार्यक्रममा बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव मदन भुजेल लगायतको उपस्थिति रहेको थियो ।

२३ आश्विन २०७७, शुक्रबार २१:४१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस