|  

सकारात्मक परिर्वतनका लागी प्रशंसनिय खोज पद्धती तथा रुपान्तरणीय नेतृत्व विकास सम्बन्धि ३ दिने तालीम सम्पन्न

२५ आश्विन २०७७, आईतवार १६:५७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


धादिङ/सकारात्मक परिर्वतनका लागी प्रशंसनिय खोज पद्धती तथा रुपान्तरणीय नेतृत्व विकास सम्बन्धि ३ दिने तालीम शनिबार धादिङबेसीमा सम्पन्न भएको छ । धादिङ जिल्ला शैक्षिक तथा सामाजिक विकासमा बिगत १ दशक देखि योगदान गर्दै आएको आसमान नेपालले जिल्ला विभिन्न गाउँ÷नगरपालिकाका गरी १३ बिद्यालयका शिक्षकहरुको लागि सकारात्मक परिर्वतनका लागी प्रशंसनिय खोज पद्धती तथा रुपान्तरणीय नेतृत्व विकास सम्बन्धि संचालन गरेको हो । तालीममा सुरक्षित सिकाई बाताबरण, स्व नेतृत्व ,स्व नेतृत्व भनेको के हो ? स्व नेतृत्व किन चाहिन्छ ? स्व नेतृत्वको विकास कसरी गर्दै जाने ? हम्रो मुल्य मान्यता तथा सिद्धान्तहरु, सकारात्मक दृष्टिकोण र व्यवहार भनेको के हो ? सकारात्मक सोच र दृष्टिकोण कसरी बढाउने, सकारातमक परिर्वतनका लागी प्रशंसनिय खोज पद्धती सकारात्मक खोज पद्दति भनेको के होरु प्रशंसनीय खोज पद्दतिको प्रक्रिया समस्या समाधान बिधि र प्रशंसनीय खोज विधि, प्रशंसनीय खोज आधार प्रशंसनीय खोज धारणा।आधारभूत शिद्धान्त, शिक्षक, अभिभावक र विद्यार्थीका लागि आचार संहिता, कार्य(योजनाको कार्यन्वयन , आविष्कारू वा खोज प्रश्नावली तयार लगायतका बिषयमा गैसस महासंघ बागमती प्रदेश अध्यक्ष दामोदर अर्यालले सहजिकरण गर्नु भएको अासमान नेपालका लैगिक अधिकृत उषा बिकले जानकारी दिनु भयो । तालिमले प्रंशसनीय खोज तथा सकारात्मक सोच जीवन रुपान्तरणमा सहयोग सिद्ध भएको कार्यक्रम सहभागी बसेरी माबिकी शिक्षिका कलावति सिलवालले बताउनु भयो । तालिम पछि हाँसिल गरेका सीप कक्षा कोठामा शिक्षण गर्दा प्रयोग गर्ने तथा अामा समुहको परिचालन गरि बालबालिकाहरुमा बोध सहितको सिकाई गराउन योजना गरेको पनिशिक्षिका सिलवालले बताउनु भयो । अासमान नेपालले धादिङ जिल्लाको गंगाजमुना, सिद्धलेक,त्रिपुरासुन्दरी र बेनिघाटरोराङ गाउँपालिका तथा निलकण्ठ नगरपालिकाको १३ वटा बिद्यालय तथा सो को सेवा क्षेत्रका समुदाय तहमा बहिनीको लागि दिदी शिक्षा कार्यक्रम संचालनमा रहेको जिल्ला परियोजना संयोजक सुनिल केसीले बताउनु भयो । विश्व व्यापी कोरोना भाईरस महामारीको कारण शैक्षिक क्षेत्र पनि प्रभावित भएकोले बैकल्पिक सिकाई सहजिकरणको लागि सुरक्षित सिकाई कार्यक्रम पनि थप गरि कार्यान्वयन शुरु गरिएको सुरक्षित सिकाई कार्यक्रम प्रमुख सन्ताेष सत्यालले जानकारी दिनु भयो ।

२५ आश्विन २०७७, आईतवार १६:५७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस