|  

बागमती प्रदेशका मन्त्री जम्कटेलले दशैं पेश्की नलिने

२ कार्तिक २०७७, आईतवार १६:५८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कटेलले यो वर्षको दशैं लगायतका चाडवाड वापत पाउने पेश्की रकम नलिने घोषणा गरेका छन् । सामाजिक संजाल फेसmबुक मार्फत आफुले दशैं पेश्की बाट पाउने रकम नलिने बताएकाा हुन् । उनले सो रकम कोरोना कोषमा जम्मा गरि माहामाारिको रुपमा फैलिएको कोरोना रोकथामको लागि सहयोग गर्न अन्य सांसदलाई आग्रह गर्नु भयो । सामाजिक संजाल फेसबुकमा उनले लेखेका छन्, ‘देश कोरोना भाईरस को संक्रमणबाट आक्रन्त भईरहेको बेलामा नेपाली समुदायहरूले मनाउने महान चाडपर्बहरूको शुरूबात भएको छ। यस्तो भयाबह अबस्थामा मनाउने चाडपर्ब खर्चको रूपमा बागमति प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रीको हैसियत ले आउने एक महिना बराबरको थप तलब नलिने र बागमति प्रदेश कोरोना भाईरस रोकथाम कोषमा जम्मा गर्ने जानकारी गराउन चाहन्छु ।’
मन्त्री जम्कटेलले एक महिनाको तलव बराबरको रकम बागमती सरकारको कोराना कोषमा जम्मा गरि रोगको रोकथामको लागि पहल कदमी लिने बताएका छन् ।

२ कार्तिक २०७७, आईतवार १६:५८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस