|  

किराञ्चोकका अर्जुन श्रेष्ठको हत्या आरोपमा पाँच जना पक्राउ

३१ जेष्ठ २०७८, सोमबार ०९:२१ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


धादिङ
गजुरी गाउँपालिकाको किराञ्चोक निवासी २४ वर्षिय अर्जुन श्रेष्ठको हत्यामा संलग्न रहेका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । धादिङको गजुरी गाउँपालिका स्थित दरियाल खोला किनारमा जेष्ठ २० गते देखि हराई रहेका अर्जुन श्रेष्ठको हत्या गरि बालुवाले पुरेको अवस्थामा जेष्ठ २३ गते शव फेला परेको हो ।
श्रेष्ठको हत्यामामा संलग्नन रहेकाहरुको खोजिमा रहेको प्रहरीले अनुशन्धानका लागि ५ जनालाई पक्राउ गरिएको जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख महेन्द्र खड्का अनुसार पक्राउ पर्ने ५ जनामा गजुरी गाउँपालिका–६ की २४ वर्षीया सीतामायाँ मगर, ३७ वर्षीय बलराम अधिकारी, २३ वर्षीय शरण अधिकारी, ५१ वर्षीय श्यामबहादुर भण्डारी र २२ वर्षीय विष्णु अधिकारी रहेका छन् ।

३१ जेष्ठ २०७८, सोमबार ०९:२१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस