|  

बहु उपयोगी सुकुमेल, उपयोग र यसका फाईदाहरु जानि राखौं

२४ असार २०७८, बिहीबार १०:२९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


एजेन्सी । हाम्रो भान्सामा प्राय नटुट्ने मसला हो सुकमेल । खासमा परिकार स्वादिष्ट बनाउन हामिले सुकमेल प्रयोग गर्ने गर्छौ । तर यसमा औषधिय गुण हुन्छ । औषधिय गुणले भरिपुर्ण सुकमेलमा नियासिन, पाइरिडोक्सिन, रिवोफ्लाभिन, थियामाइन, भिटामिन ए, भिटामिन सी, सोडियम, पोटासियम, क्याल्सियम, कपर, आइरन, म्यांगनिज, जिंक लगायतका तत्वहरु पाइन्छ ।

यसको सेवनले ग्यास्ट्रिक, कोलेस्टेरोल तथा क्यान्सरलाई नियन्त्रण गर्न सहयोग गर्छ । साथै यसको सेवनले रक्तसन्चारमा पनि सुधार ल्याउछ । त्यस्तै सुकमेलको सेवनले मुटुसम्बन्धी समस्याबाट पनि टाढा रहन सकिन्छ ।

तपाईको दाँतसम्बन्धी रोग भएमा पनि यसले ठिक गर्छ । त्यस्तै दमको समस्या छ भने पनि सुकमेलले ठिक हुन्छ । तपाईमा यात्रा गर्दा बा` न्ता आउने गर्छ भने पनि सुकमेल च्याप्दा बान्ता आउदैन । यसको सेवनले मानसिक तनाव हुँदैन । यसको सेवनले मुखमा आउने दु` र्गन्ध पनि कम गर्छ ।

यस्ता छन् अरु फाईदाहरु:-क) मुटुको धड्कनमा सुधार:- आजकल मुटुको रोग सामान्य भएको छ। प्राय; मानिसहरूको मुटुको धड्कन कम हुन्छ। मुटुको धड्कनलाई सही राख्नको लागी सानो सुकुमेल निकै प्रभावकारी हुन्छ।

सुकुमेलमा पोटासियम, क्याल्सियम र म्याग्नेसियम जस्ता खनिज पदार्थ पाइन्छ । मानवको रक्त, शरीरमा पाइने तरल पदार्थ र टिसयुजको मुख्य तत्व पोटासियम हो। सुकुमेलमा पोटासियम पर्याप्त मात्रामा पाइन्छ।

ख) फोक्सोको समस्यालाई हटाउछ:- सुकुमेलले फोक्सोमा रक्त संचालनको गतिलाई बढाउँछ। यसले स्वासको समस्या जस्तै चिसो र खोकीबाट राहत प्रदान गर्दछ। आयुर्वेदमा सुकुमेलको परिणाम गर्मी मानिएको छ। जसले शरीरको लागि गर्मी दिन्छ। त्यसकारण यसको सेवन गर्नाले तपाईँको शरीरमा कम भन्दा कम चिसोको असर हुन्छ।

ग) रक्तचाप नियन्त्रण गर्छ:- सुकुमेलको सेवन गर्नाले रक्तचाप नियन्त्रण गर्न प्रभावकारी हुन्छ। मानव शरीरमा धेरैजसो रोगले उच्च रक्तचापको कारण जन्म लिन्छ। यदि तपाई पनि प्रतिदिन दुईदेखि तीनवटासम्म सुकुमेलको सेवन गर्नु हुन्छ भने तपाइ रक्तचापबाट मुक्त हुनुहुन्छ।

घ) मुखको गन्ध हटाउन:- सुकुमेलले स्वाद बढाउनुका साथै माउथ फ्रेश्नरको काम पनि गर्छ। यसको सेवन गर्नाले मुखको गन्धमा सुधार आउछ। यदि तपाईँको मुख धेरै गनाउँछ र मान्छेहरू तपाइको छेउमा पर्न हिचकिचाउँछन् भने हर समय एउटा सुकुमेल मुखमा राख्न सक्नुहुन्छ।

ङ) कब्जियतबाट राहत:- तपाईंलाई कब्जियत छ भने पनि सुकुमेल पकाएको पानी पिउनाले तपाईँलाई फाइदा गर्छ। यसले तपाईँको पाचन क्रियालाई सही बनाएर कब्जियतबाट राहत पाउन सक्नुहुन्छ।

च) उल्टी हुने समस्यामा राहत:- लामो दूरीको यात्रा गर्दा उल्टी हुने समस्या हुन्छ । यात्रा शुरु गर्नुभन्दा पहिला सुकुमेलको प्रयोगले यस समस्यालाई हटाउन मद्दत गर्नेछ। यदि तपाईँलाई यात्रामा सबै समय उ` ल्टीको समस्या हुन सक्छ भन्ने लाग्छ भने तपाईले सम्पूर्ण समय सुकमेललाई मुखमा राख्न सक्नु हुन्छ।

छ) घाँटी दुख्ने समस्या:- मौसम परिवर्तन वा सामान्य दिनहरुमा पनि घाँटी दुख्ने समस्याबाट पीडित हुनुहुन्छ भने सुकुमेलको प्रयोग गर्नुहोस्। यसले दुखाइबाट राहत दिन्छ।

२४ असार २०७८, बिहीबार १०:२९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस