|  

कोरोना अपडेट : धादिङमा आज २८ जना संक्रमित, १०० जना निको भएर घर फर्किए

१६ श्रावण २०७८, शनिबार १६:११ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


धादिङ जिल्लामा पछिल्लो २४ घण्टाको अवधिमा २८ जना सक्रिय संक्रमित थपिएका छन्, भने १०० जना कोरोना संक्रमितहरु निको भई घर फर्किएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय धादिङले दिएको जानकारी अनुसार आज थपिएका संक्रमितहरुमा  निलकण्ठमा ३, गजुरीमा २, ज्वालामुखीमा २, गंगाजमुनामा ५, त्रिपुरासुन्दरीमा ९ र धादिङ्ग हस्पिटलमा ७ गरेर आज जिल्लामा २८ पोजिटिभ केश देखिएको छ।
जिल्लाको सक्रिय केश ४५३ पुगेको छ। जिल्ला हस्पिटल आइसोलेसनमा १३, संस्थागत आइसोलेसनमा ४ र होम आइसोलेसनमा ४३६ रहेका छन्।
धादिङ्ग अस्पतालमा  ३८ स्वाब संकलन भएको छ। ८७ एनटीजेन परिक्षण मध्ये २८ पोजिटिभ आएको छ।जिल्लाको सक्रिय केस ५२५ जना पुगेको छ । जिल्लामा अस्पतालको आईशोलेसनमा १३, संस्थागत आईशोलेसनमा ४ र होम आईशोलेसनमा ५०८ जना रहेको छन् ।

१६ श्रावण २०७८, शनिबार १६:११  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस