|  

सुकुम्बासीका नाममा हुकुमबासिहरुको लुट किमार्थ स्वीकार छैन:अनेरास्ववियु अध्यक्ष पराजुली

२२ श्रावण २०७८, शुक्रबार १७:५८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


अखिल नेपाल राष्टिय स्वतन्त्र बिद्यार्थी युनियन अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले भुमि सम्बन्धि समस्या समाधान आयोगका सम्बन्धमा आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

उनले भनेका छन् -‘पात्र र प्रवृत्ति गलत भए सच्याउन सकिन्छ तर आयोग नै विघटन गर्ने कुरा गलत हो , यसले तमाम भुमिहिन सुकुम्बासीहरुको समस्या समाधान गर्न अहिलेको सत्ता गम्भीर छैन भन्ने कुरा प्रष्ट हुन्छ ।’

नेता पराजुलीले पात्रहरु आफ्नो गोजि गुटका भरेर नियुक्ति गरेर करोडौं लुट्ने काम पनि गलत नै थियो  भनेका छन् । उनले भने-‘ वास्तविक सुकुम्बासीको पहिचान गरी तुरुन्तै आयोग गठन गरेर जमिन देउ ।’

नेता पराजुलीले गास,बास, कपास हाम्रा मौलिक अधिकार भएको बताएका छन् । उनले सुकुम्बासीका नाममा हुकुमबासीहरुको लुट किमार्थ स्वीकार नभएको सामाजिक सञ्जाल मार्फत बताएका छन्।

२२ श्रावण २०७८, शुक्रबार १७:५८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस