|  

दशैंको अवशरमा धादिङको साविक तसर्पू गाविस स्तरिय फुटबल प्रतियोगिता हुने

१४ आश्विन २०७८, बिहीबार ११:२९ प्रकाशित
प्रदेशहब संवादाता

निर्देश अर्याल


२०७८ सालको बिजया दशमीको शुभ अवसर पारी तसर्पु खेलकुद विकास समिति थाक्रे गाउँपालिका वडा नं ४ को आयोजनामा यही असोज २० गतेबाट साविक तसर्पु गाविस स्तरीय फुटबल प्रतियोगिता सञ्चालन गरिने भएको छ। मानव स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नाराका साथ बिजयादशमीको अवसरमा थाक्रे गाउँपालिका वडा नं ४ रातोमाटे खेलकुद मैदानमा थाक्रे गाउँपालिकाको वडा नं ४ र ५ स्तरीय मैत्रीपुर्ण फुटबल प्रतियोगिता बिश्वभर फैलिएको कोरोना भाइरस कोभिड- १९ लाई मध्यनजर गर्दै उच्च स्वास्थ्य सुरक्षा , सतर्कता अपनाएर मात्र कार्यक्रम सञ्चालन गरिने तसर्पु खेलकुद विकास समिति थाक्रे -४ को अध्यक्ष सुविन्द्र लोप्चन तामाङले जानकारी दिनुभएको छ। प्रतियोगितामा प्रथम हुने टिमले नगद रु ३३,३३३/- प्रमाण पत्र द्वितीय हुने टिमले नगद रु २२,२२२/- प्रमाण पत्र तृतिय हुने टिमले नगद रु ११,१११/- प्रमाण पत्र प्राप्त गर्ने छन्। टिम दर्ताको लागि रु २०००/- मात्र शुल्क लाग्ने छ। टिम दर्ता गर्ने समय २०७८ असोज १५ गते सम्म समय निर्धारण गरिएको छ।

१४ आश्विन २०७८, बिहीबार ११:२९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस