|  

धादिङमा जिल्ला प्रशासनको कर्मकाण्डी बजार अनुगमन ,उपभोक्ता समस्यामा

२० आश्विन २०७८, बुधबार ०८:१२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


भोली दशैंको पहिलो दिन घटस्थापना । विषेश गरि यो वर्षको ठुला चाडवाडहरु शुरु भएका छन् । चाडबाड शुरु भए सँगै धादिङका विभिन्न बजारहरुमा उपभोक्ताको भिड लाग्न थालेको छ । दशैं मान्नको लागि चाहीने सामान लिनको लागि गाउँ गाउँ बाट मानीसहरु आफुलाई पाएको पर्ने बजार झर्न थालेका छन् । चाडवाडको मौका छोपी माफियाहरु सल्वलाउन थालेका छन् । व्यापारीहरुले मनलाग्दी रुपमा सामानहरुको मुल्य राख्दा उपभोक्ता मारमा परेका छन् । हुने खानेका लागि त त्यसले खासै प्रभाव पार्दैन तर हुँदा खाने र जोहो गरि खानेहरुको जिवनमा भने ठुलो प्रभाव पार्छ ।
धादिङका बजारमा हरेक सामानको मुल्यमा भिन्नता पाउन सकिन्छ । मुल्यमा एक रुपता छैन, उपभोक्ता ठगिन बाध्य छन् । यस्तो अवस्थामा कोलो बजारी नियन्तन्त्रण र नियमन गर्नु पर्ने निकाय जिल्ला प्रशासन कार्यलय भने कर्मकाण्डी ढंगले अगाडी बढेको छ । जिल्ला सदरमुकाम आसपासका केही स्थानमा अनुगमन गरी बजार अनुगमनको ढोल पिटि रहेको छ । दिउँसै उपभोक्ता ठगिँदा सुस्त रुपमा बजार अनुगम गर्नाले माफिया र कालोबजारी गर्नेहरुको लागि प्रसय मिलेको छ ।
विषेश गरी धादिङका ठुला बजारहरु चरौंदी बजार, मलेखु बजार, गजुरी बजार, आदामघाट, गल्छी, सिम्ले, महादेव वेशी, धार्के नौविसे खानिखोला, धादिङवेशी, आरुघाट, सल्यान्टार लगायका ठाउँहरुमा अहिले दशैंका लागि किनमेल गर्नेको भिड छ । यी बजार क्षेत्रका पसलहरुमा नत मुल्य सुचि नै छ न मुल्यमा समानता नै । पसलै पिच्छे एउटै सामानको भाउ फरक–फरक हुँदै उपभोक्ता ठगिन बाध्य भएका छन् भने, प्रशासन मुखदर्शक बनेको छ ।

आजको प्रदेश संचार साप्ताहिक बाट समाचार साभार गरिएको हो ।

२० आश्विन २०७८, बुधबार ०८:१२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस