|  

आजको राशिफल

२४ आश्विन २०७८, आईतवार ०७:४५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


वि.सं.२०७८ साल असोज २४ गते । आईतवार । ईश्वी सन् २०२१ अक्टोबर १० तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । शरद् ऋतु । श्रीशाके १९४२ । आश्विन शुक्लपक्ष । तिथि– चतुर्थी, बिहान ०८ बजेर ५५ मिनेट उप्रान्त पंचमी । नक्षत्र–अनुराधा, बेलुकी ०७ बजेर ३६ मिनेट उप्रान्त ज्येष्ठा । योग–आयुष्मान,बेलुकी ०८ बजेर ३३ मिनेट उप्रान्त सौभाग्य । करण–भद्रा, बिहान ०८ बजेर ५५ मिनेट उप्रान्त बव, बेलुकी ०७ बजेर ४२ मिनेट उप्रान्त बालव । आनन्दादिमा–मृत्यु योग । चन्द्रराशि–बृश्चिक । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ०१ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ३८ मिनेट । दिनमान २९ घडी ०३ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यास्तता बढेपनि स्वास्थ्यको ख्याल नगर्दा कमजोरि महसुस हुनेछ । खानपान तथा वाहिरी वातावरणको ध्यान दिनुहोला । व्यापार व्यावसायमा लगानी गर्नुपुर्व आवस्यक तयारी राम्रोसँग गर्नुहोला । पढाइ लेखाइमा मन नजादा भनेजस्तो नतिजा नआउन सक्छ । प्रेममा रमाउन चाहनेहरुका लागी आजको दिन मध्ययम रहेकोछ । गोप्यता भङग हुने तथा आफन्तसँग विवाद बढ्नेछ ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) विभिन्न भौतिक तथा विलाशी सामानको प्रयोग गर्न पाईनेछ । व्यापारमा स्रोत साधन जुट्नाले प्रशस्त आम्दानी हुनेछ । व्यावसाय विस्तारकै सवालमा यात्रा हुनेछ । पढाइ लेखाइ तथा खोजीमुलक क्षेत्रबाट नाम कमाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जाने तथा जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) समय राम्रो रहेकोले मन परेको मान्छेबाट भौतिक सम्पती तथा उपाहार प्राप्तीको योग रहेकोछ । छुट्टिएका प्रेम सम्बन्धहरु पुनह जोडिनेछन् । भौतिक तथा विलाशी वस्तुको व्यापार व्यावसाय फस्टाएर जानेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा ल्याउन सकिने हुनाले आफन्त तथा गुरुवर्गहरु खुशी हुनेछन् । न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईँको पक्षमा आउनेछन् ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) वौद्धिक व्याक्तीत्वहरु सामु तपाईले प्रस्तुत गर्नुभएको खरो प्रश्तुतिले सबैको मन जित्नेछ । पढाइ लेखाइमा अरुभन्दा एक कदम अगी बढी नतिजा आफैतिर ल्याउन सकिनेछ । भौतिक तथा मानव निर्मित स्रोत साधनको प्राप्तिको योग रहेकोछ । सन्तान तथा छोराछोरिको प्रगतीमा मन रमाउनेछ । शिक्षा क्षेत्रसँग सम्वन्धीत व्यावसाय फस्टाएर जानेछ भने अन्य व्यावसायमा नाँफा कमाउन सकिनेछ ।

सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) घर परिवार तथा आफन्तका बिच देखिने तित्तता हल गर्दै राम्रा काम गर्न सकिनेछ । विलाशी तथा भौतिक बस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला । बढि नै रमाईलो गर्न खोज्दा शुभचिन्तकहरु रिसाउनेछन् । हतारमा गरीने निर्णय घातक हुनेछ । पढाइ लेखाइमा मन जाने छैन । खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या आउनेछ । प्रेममा अविश्वास बढ्नेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) आट,शाहस तथा पराक्रमा बृद्धि भएर जाने हुनाले उपलव्धी मुलक कामहरु गर्न सकिनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउनेछन् भने विवाद तथा प्रतिस्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ । लेखन कला तथा साहित्यमा बाकी रहेको कामलाई पूर्णता दिन सकिनेछ । प्रेम प्रशङमा रमाउने चाहनेहरुका लागी समय उत्तम रहेकोछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) तपाईँले सुरु गरेको काममा आफन्त तथा कुटुम्बको सहयोग प्राप्त हुनेछ । पारिवारीक माहोलमा दिन बित्नेछ भने मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । बोलिको प्रभाव बढ्ने हुनाले बोलेरै धेरै काम गर्न सकिनेछ । पढाइ लेखाइमा प्रतिस्पर्धीहरुलाई किनारा लगाउदै नतिजा आफैतिर ल्याउन सकिनेछ । माया प्रेममा शंका उपशंकाहरु हट्दै जानेछ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) अवसरहरुको सदुपयोग गर्दै राम्रा तथा उपलव्धी मुलक कामहरु गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने तथा मनग्गे धन आर्जन गर्न सकिनेछ । राजनीतिमा समय लगानी गर्र्नेहरुले पद पाउने तथा ईज्जत प्रतिष्ठा जोड्न सक्नेछन् । पढाइ लेखाइमा मन जानेछ भने पढाइ कै सवालमा लामो दुरिको यात्रा गर्न सकिनेछ । प्रणय सम्वन्ध थप बलियो बन्नेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) खर्च बढेपनि लामो दुरिको यात्राको तय हुनेछ । विदेशमा बसेर पेशा व्यावसाय गर्नेहरुका लागी समय फलदायि रहेकोछ । न्याय संगत काम नगर्दा दण्ड तथा जरिवाना तिर्नुपर्ने हुन सक्छ ध्यान दिनुहोला । अग्रज तथा आफन्त सँग सैद्धान्तिक राय बाजिनेछ । अध्ययनमा मन नजादा अरुभन्दा पछी परिनेछ । प्रेममा धोका तथा अबिश्वास सिर्जना हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) पैत्रिक धन तथा सम्पती को प्रयाग तथा परिचालन मार्फत मनग्गे धन सम्पती जोड्न सकिनेछ । बैंक तथा बित्तिय क्षेत्रमा लगानी हुनेहरुका लागी कारोबारमा सुधार हुनेछ । बिद्यार्थीहरुका लागी समय राम्रो रहेकोले नतिजा हात पार्न सकिनेछ । ईच्छा,आकांक्षा तथा मनोकामना पुरा हुने समय रहेकोछ । पढाइ लेखाइमा भनजस्तो नतिजा हात पार्न सकिने हुँदा मन प्रशन्न रहनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) धर्म तथा आध्यात्मिक क्षेत्रमा रुचि बढ्ने तथा धार्मिक प्रतिष्ठान तिरको यात्राको तय गर्न सकिनेछ । पढाई लेखाईकै सवालमा लामो दुरिको यात्रा हुने तथा खोजीमुलक क्षेत्रमा समय व्यातित गर्न सकिनेछ । माया प्रेममा आफ्नो मानिससँग दिनभर भलाकुसारि गर्न पाउदा मन प्रशन्न हुनेछ । भाग्य तथा समयले साथ दिने हुनाले सानो प्रयत्नले ठुला कामहरु बन्नेछन् ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) पढाइ लेखाइमा राम्रो प्रगती गर्न सकिनेछ भने पढाइ कै सवालमा लामो दुरिको यात्राको तय गर्न सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा रुची बढ्नेछ । सानो लगानीबाट सुरु गरीएको व्यापार फस्टाएर जाने तथा मनग्गे फाईदा कमाउन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ । धर्म सस्कृती तथा रितीरिवाज जर्गेना गर्ने काममा तपाईँको सहभागिता हुनेछ ।

तपाईँको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।

२४ आश्विन २०७८, आईतवार ०७:४५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस