|  

गजुरी ८ का वडाध्यक्ष ढुंगानाले गराए बृद्ध/बृद्धालाई तिर्थ यात्रा

२८ कार्तिक २०७८, आईतवार ०८:०९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी/ धादिङको गजुरी गाउँपालिका वडा नं. ८ ले बृद्ध/बृद्धाहरुको लागि चार दिने तिर्थ यात्रा (भ्रमण) सम्पन्न गरेको छ । ६० वर्ष कटेकाहरुको लागि मुस्ताङको कागवेनी, मुक्तिनाथ, जोमसोम, गलेश्वर धाम सँगै बागलुङ कालिका पोखरामा रहेको फेवाताल र तालबाराही मन्दिर लगायतका धार्मिक स्थालमा दर्शन गराई फर्किएको वडा अध्यक्ष राजकुमार ढुंगानाले बताउनु भयो । आर्थिक अभाव र धार्मिक यात्राको तिव्र चाहना भएका बृद्ध/बृद्धालाई वडा पालिकाको वजेट मार्फत निशुल्क तिर्थ यात्राको व्यवस्था मिलाईएको हो । यहि कार्तिक २२ गते गजुरी–८, किराञ्चोकबाट शुरु भएको तिर्थ यात्रा २५ गते साँझ फर्किएर सकिएको हो । तिर्थ यात्रामा खर्चको व्यवस्था वडाको बजेट मार्फत ३ लाख खर्चिएको अध्यक्ष ढुंगानाले जानकारी दिनु भयो । तिर्थ यात्रामा गजुरी गाउँपालिका ८ का ८० जना बृद्ध/बृद्धाको सहभागीता रहेको थियो ।

२८ कार्तिक २०७८, आईतवार ०८:०९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस