|  

विभिन्न देशमा राजदुत तियुक्तिको लागी २० जना सिफारिस

२४ चैत्र २०७८, बिहीबार २०:३३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं । सरकारले विभिन्न देशमा रिक्त रहेका २० राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । मन्त्रिपरिषद्को बिहीबार साँझ बसेको बैठकले १२ जना राजनीतिक दलको कोटाबाट र ८ जना परराष्ट्र सेवाबाट राजदूत नियुक्तिका लागि सिफारिस गरेको सरकारका एक मन्त्रीले जानकारी दिए ।

यी हुन नियुक्ति सिफारिस भएका राजदुतका नाम
राजनीतिक दलबाट
१ विष्णुपुकार श्रेष्ठ चिन
२ दानवहादुर तामाङ दक्षिण अफ्रिका
३ शर्मिला पराजुली ढकाल स्पेन
४ बाशुदेव मिश्र श्रीलंका
५ मिलन तुलाधार रसिया
६ कैलाश पोखरेल अष्टेलिया
७ डिल्लीराज पौडेल मलेसिया
८ शान्ता रिजाल इजरायल
९ ज्योति प्याकुरेल दक्षिण कोरिया
१० प्रा डा रामशुरज राय यादव डेनमार्क
११ नवराज सुवेदी साउदी अरव
१२ नरेश विक्रम ढकाल ९देश खुलेको छैन०

परराष्ट सेवाबाट
१० घनश्याम भण्डारी
२ हरिशचन्द्र घिमिरे
३० तीर्थराज वाग्ले
४ डोरनाथ यादव ९पासपोर्ट विभागका डिजि०
५ शशिल कमार लम्साल
६ भरतकुमार रेग्मी
७ निर्मलराज काफले
८ दुर्गा वहादुर सुवेदी लाई सरकारले राजदुतमा सिफारिस गरेको छ । यधपी उनीहरुको भने देश खुल्न सकेको छैन ।

जसपा नेता नवराज सुवेदीसहित राजदूत नियुक्तिको लागि सिफारिस भए पनि कतिपयको बायोडाटा लिनुपर्ने र केही नामको योग्यताको बुझ्नुपर्ने भएकाले सबैको नाम आधिकारिक रुपमा बाहिर ल्याउनेगरि मुख्यसचिव र परराष्ट्र मन्त्रीलाई जिम्मा दिइएको एक मन्त्रीले बताए ।

२४ चैत्र २०७८, बिहीबार २०:३३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस