|  

धादिङ स्वास्थ्य समाजको छैठौ साधारण सम्पन्न, अध्यक्षमा राजन अधिकारी चयन

११ बैशाख २०७९, आईतवार ०९:११ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


धादिङ । धादिङ स्वास्थ्य समाजको छैठौ साधारण सभाले राजन अधिकारीको अध्यक्ष रहेको १७ सदस्यीय नया कार्य समिति चयन गरेको छ । डा. तिर्थराज बुर्लाकोटीको प्रमुख आतिथ्यतामा सम्मन उक्त साधरण सभाले बि.स. २०७९–२०८१ लागि अधिकारी अध्यक्ष रहेको नयाँ कार्य समिति चय गरेको बताईएको छ ।

नयाँ कार्य समितिको उपाध्यक्षमा डा. अनुज श्रेष्ठ, सबिता ईटनी, महासचिवमा सुवास धरेल, सचिवमा डा। बिष्णु खतिवडा र जित कुमार शाक्य, कोषाध्यक्षमा पुर्णिामा शेढाई रहेका छन् ।

यस्तै सदस्यहरुमा सुर्य भट्ट, डा. रामचन्द्र रिजाल, डा. सरोज धरेल प्रकाश तिमल्सिना, जनक मगर, बिबेक उप्रेती, बबिता परियार, सरस्वती थापा, प्रगती सिलवाल, सन्ध्या श्रेष्ठ चयन भएका छन् ।

११ बैशाख २०७९, आईतवार ०९:११  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस