|  

गजुरीलाई भ्रष्टाचारमुक्त र सुशासनयुक्त प्रशासन बनाउने अध्यक्षका उम्मेदवार श्रेष्ठको प्रतिवद्धता

१७ बैशाख २०७९, शनिबार ०९:२२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


स्थानिय तह निर्वाचन २०७९ को लागि मनोनयन दर्ता पश्चात उम्मेदवारहरु अहिले गाउँ गाउँ भोट माग्न व्यस्त छन् । विभिन्न दलको तर्फबाट उम्मेदवार बनेकाहरु पार्टीको घोषणा पत्र सहित मतदाताको घरदैलो पुगिरहेका छन् । धादिङको गजुरी गाउँपालिका अध्यक्ष पदका माओवादी केन्द्रको तर्फबाट उम्मेदवार बनेका गणेशलाल श्रेष्ठ आफ्नो प्रतिवद्धता सहित मतदाताको घर दैलो पुग्ने गरेका छन् । श्रेष्ठले आफुले पालिका प्रमुखमा निर्वाचीत भए पश्चात भ्रष्टाचार मुक्त र सुशासन युक्त पालिका बनाउने प्रतिवद्धता सहित निर्वाचनमा होमिएका छन् । श्रेष्ठले भने ‘शिक्षा, स्वास्थ,रोजगार,सामाजिक सुरक्षा, बाटोघाटो,सिचाइ,खानेपानि,बन्यजन्तु चराचुरुङ्गी बनजङ्गलको सरक्षण, पर्यटन र सास्कृतिक सम्पदाहरुको सरक्षण साथै उत्पादनमुखी योजनाहरु बनाएर जनताको जिबनस्तर उकास्नेछु।’
गजुरी गाउँपालिकामा विषेश गरि भ्रष्टाचार गर्ने र भ्रष्टाचार मुक्त पालिका बनाउने विच प्रतिपर्दा हुन लागेको भन्दै सवैलाई सचेत रहन आग्रह गर्नु भयो ।

यस्तो छ गजुरीबासी सँग अध्यक्ष पदका उम्मेदवार गणेशलाल श्रेष्ठले गर्नु भएको प्रतिवद्धता 

नमस्कार !
गजुरीबासी आमाबुवा दाजुभाइ दिदिबहिनीहरु आउदै गरेको स्थानीय निर्वाचनमा माओवादी केन्द्रको तर्फबाट गजुरी गाउँपालिकाको अध्यक्ष पदमा उम्मेद्बारी दिएको छु ।तपाईहरुको सल्लाह सुझाब र आलोचनालाई ग्रहण गर्दै गजुरी गाउँ पालिकाको समृद्धि र बिकासको लागि अहोरात्र खट्ने छु। भ्रष्टाचारमुक्त समाज अनि सुशासनयुक्त प्रशासन बनाउने कुरामा मेरो मुख्य ध्यये रहनेछ।
शिक्षा, स्वास्थ,रोजगार,सामाजिक सुरक्षा, बाटोघाटो,सिचाइ,खानेपानि,बन्यजन्तु चराचुरुङ्गी बनजङ्गलको सरक्षण, पर्यटन र सास्कृतिक सम्पदाहरुको सरक्षण साथै उत्पादनमुखी योजनाहरु बनाएर जनताको जिबनस्तर उकास्नेछु। खेल क्षेत्रलाई विशेष बजेट ब्यबस्था गरेर उत्कृष्ट खेलाडीहरुलाइ प्रदेश केन्द्रमा प्रतिस्पर्धा गर्न प्रेरित गर्नेछु। बिगतमा १५ बेडको अस्पताल बन्न नसकेको सन्दर्भमा अस्पताल बनाउने प्रकृया तत्काल अघि बढाउने योजना बनाएको छु। जनताले तिरेको करको दुरुपयोगलाई शुन्य गराउनेछु। पालिकाभित्रका राजमार्गमा बृक्षारोपण गर्नेछु। बजारको फोहोर ब्यबस्थापन मेरो पहिलो काम हुनेछ। जुनसुकै पार्टी धर्ममा बिश्वास राख्नेप्रती मेरो समान सम्मान रहनेछ ।यो या त्यो नाममा विभेद गर्ने छैन ।महिला दलित जनजाती अल्पसंख्यकको अधिकार स्थापित गराउन निरन्तर लाग्नेछु ।युवामैत्री समाज बनाउन लाग्नेछु ।तपाइहरुको अमुल्य बिश्वासको मतको लागि अनुरोध गर्दै जनताको सल्लाह सुझाब र आलोचनालाई सहर्ष स्विकार गर्दै आफुलाइ अधिकतम जनताको पक्षमा सेवा गर्ने कुरामा समर्पित गर्न चाहान्छु।
प्रतिबद्दता पूरा गर्ने बिश्वास दिलाउन चाहान्छु। यी सबै योजनालाई सार्थक रुप दिन हाम्रो पार्टीको चुनाब चिन्ह गोलाकारभित्रको हसिया हथौड़ामा म लगायत सम्पुर्ण माओवादी केन्द्रका उम्मेदवारलाई बिजयी गराउन हुन अनुरोध गर्द्छु। माओवादी पार्टीकै नेतृत्वको ब्यबस्था बद्ल्यौ अब अबस्था बदल्न पनि माओबादिलाई भोट गरौ ।धन्यवाद

१७ बैशाख २०७९, शनिबार ०९:२२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस