|  

घर दैलो गर्दै माओवादी केन्द्र गजुरी–७ का उम्मेदवारहरु

१९ बैशाख २०७९, सोमबार ०८:२३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी/ माओवादी केन्द्रको तर्फबाट गजुरी गाउँपालिका वडा नं. ७ को उम्मेदवार बनेका उम्मेदवारहरु यतिवेला गाउँ गाउँमा घर दैलो गरि रहेका छन् । मतदाता सामु आफ्ना योजना सहित मत माग्न अहिले वडाध्यक्षका उम्मेदवार बद्री प्रसाद जम्कटेल आफ्नो टिम सहित मतदाताको घर सम्म पुगेका छन् । आईतवार माओवादी केन्द्र गजुरी ७ को चुनाव प्रचार प्रसार गर्दै पेटारे पुगेको हो ।
धादिङको गजुरी गाउँपालिका वडा नं . ७ को अबको ५ वर्ष वडाको सरकार अर्थात गाउँको सिंहदरबार सम्हाल्न नेकपा (माओवादी केन्द्र) को तर्फबाट बद्रि प्रसाद जम्कटेलले उम्मेदवारी दिएका छन् । सुन्दर र समृद्ध वडा निर्माण गर्ने प्रतिवद्धता सहित निर्वाचनमा होमिएका जम्कटेलको यस्तो छ जनता सामु राखेका प्रतिवद्धताहरु :
१. उन्नत कृषि किसानको समृद्धी
२. गुणस्तरीय शिक्षा र स्वास्थ्यमा लगानी, प्राविधिक शिक्षाको विस्तार, सामुदायीक विद्यालयमा गुणस्तर सुधार
३.वडाको पूर्वाधार ः भर पर्दो सडक र यातायात
४.पर्यटनको विकास स् समृद्धीको आधार
५. वडामा सुशासन स् चुस्त, सदाचार एवं विभेद मुक्त प्रशासन
६. प्रकोप व्यवस्थापन, वन तथा वातावरण संरक्षण स् जलवायु संकटको स्थानिय सम्बोधन
७. रोजगारी, उद्यमशिलता र सिपको विकास स् एक घर एक रोजगार, गरिवका लागि वडा सरकार
विगत ५ वर्षको वडा सरकारलाई समिक्षा गर्दै वडाबासीहरुले आफु र आफु र आफ्नो प्यानललाई जिताउने विस्वास लिएको वडाध्यक्षका उम्मेदवार जम्कटेलले बताउनु भयो ।

१९ बैशाख २०७९, सोमबार ०८:२३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस