|  

पालिका अध्यक्षका उम्मेद्वार पैसा लिएर गाउँ छिरेपछि लखेटिए

२० बैशाख २०७९, मंगलवार २३:२४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं । नेकपा एमालेका तर्फबाट सिद्धलेक गाउँपालिका अध्यक्षका उम्मेदवार प्रेमनाथ सिलवाल लखेटिएका छन् । मंगलबार राती भोट किन्न पैसा लिएर गाउँ छिरेका उनलाई स्थानिय जनताले लखेटेका हुन् ।

प्रेमनाथसँग नेकपा एमाले सिद्धलेक गाउँपालिका कमिटी सचिव रामहरी बराकोटी लगाएतको टोली वडा नम्बर ४ स्थित फागफुक पुगेका थिए । उनीहरुले फागफुकमा रहेका वडा नमबर ४ का वडा सदस्यका उम्मेदवार तेजराज पुरी (जीवन) स्थानिय शिक्षक लोकबहादुर दर्लामी, नेकपा एकीकृत समाजवादीका गाउँपालिका उपाध्यक्ष नारायण पुरी लगायत लाई आर्थिक प्रलोभन देखाउन थालेपछी उनीहरुसङ्ग बिबाद भएको थियो । यद्यपि उनीहरुले आर्थिक प्रलोभन नदेखाउन र निर्वाचनको आचारसंहिता उल्लंघन नगर्न सुझाएका थिए । उता प्रेमनाथले भने हामीले के कति सहयोग गर्नुपर्छ, भन्नुस हामी तपाइहरुको जुनसुकै इच्छा भएपनी पूरा गर्छौं, हामीपटी लाग्नुहोस भन्दै प्रलोभन देखाएको उनीहरु बताउछन् ।

 

उता सिलवालको उक्त प्रस्तावलाई भने स्थानियको टोलीले प्रतिकार गरेका थिए । उनीहरुले समाजवादीका उम्मेदवार पुरीलाइ पनि आर्थिक प्रलोभन देखाउदै उम्मेदवारी फिर्ता लिएको विज्ञप्ती प्रकाशन गर्न जवरजस्ती गरेपछि एकैछिन दुवै समुहवीच भनाभन भएको थियो । उनीहरुबीच चर्काचर्की भएपछि फाकफुग टोलका अन्य स्थानियहरु समेत उपस्थित भएका थिए । उनीहरुलाइ देखेपछि स्थानियले समेत वडाध्यक्ष्य बराकोटी र गाउँपालिका अध्यक्षका उम्मेदवार सिलवाललाइ गाली गलौज गर्न थालेका थिए । स्थानियहरु आक्रोशित भएपछि बराकोटी र सिलवाल भने बुङचुङ तिर भागेका थिए ।

तर, घटनाबारे प्रतिक्रियाका लागि सिलवाललाई सम्पर्क गर्दा उनले पैसा बाँढ्न नगएको बताए । घरदैलो गर्न जाँदा फटाहाहरुले आफूमाथि गलत आरोप लगाएको उनको भनाई छ ।दियो पोष्ट डटकममा समाचार छ ।

२० बैशाख २०७९, मंगलवार २३:२४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस