|  

धादिङमा वडा सम्म गठबन्धन, गजुरीमा पनि गठबन्धन एकै ठाउँ

२१ बैशाख २०७९, बुधबार ०७:०८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी/ पाँच दलिय गठबन्धनले धादिङमा वडा सम्म भागबन्डा गरि गठबन्धन जोगाउने कोसिस गरेका छन् । हिजो बसेको सत्ता गठबन्धनको बैठकले वडाको भागबन्डा गरि गठबन्धनलाई विजय गराउने निर्णय गरेको छ । गठबन्धनले वडा तहमा नै सझा उम्मेदवार बनाउने भएको हो ।
सत्ता गठबन्धन बागमती प्रदेशले गरेको निणर्य विपरित नेपाली काँग्रेस, नेकपा (एकिकृत समाजवादी) र माओवादी केन्द्रले आ–आफ्नो उम्मेदवारी दिए पछि गजुरीमा गठबन्धन संकटमा परेको थियो । हिजो बसेको जिल्ला स्तरिय सत्ता गठबन्धनको बैठकले बागमती प्रदेश सत्ता गठबन्धनको निणर्य कार्यान्वय गर्ने निणर्य गरे सँगै नेपाली काँग्रेस गजुरीले आफ्नो अध्यक्षको उम्मेदवारी फिर्ता लिएको जनाएको छ । अध्यक्ष पदका उम्मेदवार अर्जुन न्यौपाने र नेपाली काँग्रेस गजुरीका सभापती भुमी कँडेलले संयुक्त विज्ञप्ती जारि गर्दै सत्ता गठबन्धन बागमती प्रदेशको निणर्य कार्यान्वयनको लागि उम्मेदवारी फिता लिएको जनाएका छन् । यस अघि माओवादी केन्द्रको तर्फबाट उम्मेदवारी दिएकी चेलिमायाँ तामाङले गठबन्धनको निणर्य कार्यान्वयन गर्ने भन्दै बैसाख १६ गते नै उम्मेदवारी फिर्ता लिएकी हुन् ।

२१ बैशाख २०७९, बुधबार ०७:०८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस