|  

गठबन्धनको प्रभाव : गजुरी ७ मा दुई उम्मेदवार सँगै भोट माग्दै

२३ बैशाख २०७९, शुक्रबार १०:४१ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी/मनोनयन फिर्ता लिने समय सकिए पछि एक उम्मेदवारले अर्का उम्मेदवारलाई समर्थन गर्दै भोट माग्न घर दैलोमा जान थालेका छन् । गजुरी गाउँपालिकामा गठबन्धन हुन नसक्दा सत्ता गठबन्धनका दलहरुले आ–आफ्ना उम्मेदवार उठाएका थिए । मनोनयन फिर्ताको समय सकिँदा सम्म सहमती जुट्न नसक्दा एक्ला एक्लै चुनावमा जाने भन्दै भोट माग्दै हिडे भने अहिले जिल्ला नेतृत्वले वडा भागबन्डा गरि विवाद मिलाएको हो । वडा भागबन्डा सँगै उम्मेदवारहरु एक आपसमा भोट माग्न सँगै हिड्न थालेका छन् । गजुरी गाउँपालिकामा अघिल्लो दिन सम्म एक्ला एक्लै हिडेका नेपाली काँग्रेस गजुरी ७ को वडाध्यक्ष पदका उम्मेदवार रामकाजी अधिकारी र माओवादी केन्द्र को तर्फबाट वडाध्यक्ष पदका उम्मेदवार बद्री प्रसाद जम्कटेल अहिले सँगै हिड्न थालेका छन् । गजुरी ७ माओवादी केन्द्रको भागमा परे पछि नेपाली काँग्रेसका उम्मेदवार अधिकारी माओवादी केन्द्रका उम्मेदवार जम्कटेललाई गठबन्धनको साझा उम्मेदवार बनाई भोट माग्न हिडेका हुन् । अधिकारी भन्छन् ‘ओली प्रवृतीको अन्त्य गर्न गठबन्धनको निणर्य अनुसार माओवादी केन्द्रका उम्मेदवारलाई भोट हालौं र वली प्रवृतीलाई परास्त गरौं !’ गजुरी गाउँपालिकामा गठबन्धनले वडा नं. १ देखि ४ सम्मे नेपाली काँग्रेस र ५ देखि ८ सम्म माओवादी केन्द्रका उम्मेदवारहरुलाई साझा उम्मेदवार बनाउने निणर्य गरेको छ भने समाजवादी एक्लै निर्वाचनमा होमिएको छ ।

२३ बैशाख २०७९, शुक्रबार १०:४१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस