|  

बार एसोसियन धादिङको अध्यक्षमा विश्वराज अधिकारी चयन

१३ श्रावण २०७९, शुक्रबार १८:११ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


धादिङ जिल्ला बार एसोसियनको अध्यक्षमा विश्वराज अधिकारी चयन हुनुभएको छ ।

धादिङ जिल्ला बार एसोसियनको शुक्रबार सम्पन्न ३४ औँ साधारण सभा र १९ औँ महाधिवेशनले अधिकारीको अध्यक्षतामा ९ सदस्यीय चयन भएका छन् ।

जसको उपाध्यक्षमा टंककुमार श्रेष्ठ, सचिवमा रामचन्द्र भट्ट र कोषाध्यक्षमा अधिवक्ता रामकृष्ण अधिकारी रहनुभएको छ ।

१३ श्रावण २०७९, शुक्रबार १८:११  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस