|  

आजकाे माैसम : देशका केही स्थानमा भारी वर्षा हुने

१४ श्रावण २०७९, शनिबार ०७:४८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


शनिबार​ देशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। प्रदेश १, बागमती प्रदेश र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
महाशाखाका अनुसार दिउँसो देशभर सामान्य बदली रहनेछ। प्रदेश१, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
राति देशभर आंशिकदेखि सामान्य बदली रही मधेस र प्रदेश–१ का एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

१४ श्रावण २०७९, शनिबार ०७:४८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस