|  

सप्तकोशीको बाँध फुट्यो, तटीय क्षेत्रका दर्जनौँ बस्ती जोखिममा

१८ श्रावण २०७९, बुधबार ०९:०२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


उदयपुर । अविरलको वर्षासँगै आएको बाढीले उदयपुरको बेलका नगरपालिका ८ लाहुरे खोच डुम्रीबोटमा सप्तकोशी नदीको बाँध फुटेको छ। बुधवार बिहान ४ बजेतिर सप्तकोशी नदीको बाँध फुटेर गाउँ पसेको हो।

नदी फुटेर गाउँ पसेसँगै बेलका नगरपालिका २, ३, ८, ९ र बराहक्षेत्र नगरपालिका ६ डुबानमा परेको प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले जानकारी दिए।

नदीको बाँध फुटेर गाउँ पस्दा के कति क्षति भएको छ त्यसको यकिन तथ्यांक आउँन बाँकी रहेको उनले बताए।

सोमबार बेलका नगरपालिकाले बस्ती छाड्न माईकिङ गरेकाले मानवीय क्षति नहुने आशा गरिएको र आफू घटनास्थल जाँदै गरेको बताए। नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासीयले उद्धारको काम लागिरहेको समेते बताए।

कोशीको पुरै भंगालो गाउँमा नपसेको बताउँदै बाढी ओभरफलो भएको बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बताए। सुनसरीका प्रमुख जिल्ला अधिकारीमार्फत कोशी ब्यारेजका बाँकी ढोका खोल्न आग्रह गरिएको उनले बताए।

नदी कटानले बहाब गाउँतिर सोझिँदा बेलका नगरपालिका ४ वडाका दर्जन बढी गाउँका बासिन्दा उच्च जोखिममा परेका छन्। नदीले गत वर्षदेखि पश्चिमपट्टी धार परिवर्तन गरी कटानलाई तीब्रता दिएपछि बेलका नगरपालिकाको २, ३, ८, ९ जोखिममा परेको उनले बताए।

बेलका नगरपालिका(८ लाहेर खोच डुम्रिबोटेस्थित नदिले कटान गरि गाउँ पसेको हो। नदी तटीय क्षेत्रका स्थानीयवासी वर्षौंदेखि यो समस्यासँग जुध्दै आएका छन्।

१८ श्रावण २०७९, बुधबार ०९:०२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस