|  

धादिङको नीलकण्ठ बहुप्राबिधिक शिक्षालय स्थापनाका लागि शिक्षा मन्त्रालयले दियो स्वीकृति

१९ श्रावण २०७९, बिहीबार ०७:४४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


नीलकण्ठ बहुप्राबिधिक शिक्षालय स्थापनाका लागि शिक्षा मन्त्रालयले स्वीकृति दिएको छ । नीलकण्ठ नगरपालिका कार्यपालिकाको पहिलो बैठकले उपमेयर दिपक विश्वकर्मालाई बहुप्राबिधिक शिक्षालय स्थापनाका लागि जिम्मेवारी दिएको थियो ।

उक्त जिम्मेवारी अनुसार करिब २ महिनाको दौडधुपबाट महत्त्वपूर्ण सफलता प्राप्त गरेको उपमेयर विश्वकर्माले बताउनु भयो । प्राविधिक शिक्षालय संचालन गर्नको लागि वडा नं ४ साविकको खानीगाउँ आधारभूत विद्यालयलाई नीलकण्ठ माविमा मर्ज गरेर उक्त विद्यालयलाई आधार बनाइ नीलकण्ठ बहुप्राविधिक शिक्षालय संचालन गर्न राखिएको प्रस्तावमा मन्त्रालयले स्वीकृति दिएको हो ।

पहिलो चरणमा डिप्लोमा इन इन्जिनियरिङ तर्फ हाइड्रो इन्जिनियरिङ र अटोमेकानिकल्सका कक्षाहरु संचालन हुने छन भने त्यस्तै निकट भविष्यमै फार्मेसीको कक्षा पनि संचालनमा आउने उपमेयर विश्वकर्माले जानकारी दिनुभयो । उक्त शिक्षालयमा सीटीइभिटिकै दरवन्दी संरचना अनुसार कर्मचारी तथा शिक्षकहरु रहनेछन् ।

१९ श्रावण २०७९, बिहीबार ०७:४४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस