|  

धादिङ अस्पतालमा डायलाएसिस सेवा सुरु

२२ श्रावण २०७९, आईतवार ०९:४१ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


धादिङ अस्पतालमा डायलाएसिस सेवा सुरु भएको छ । बागमती प्रदेश सरकारको सहयोगमा सञ्चालित उक्त सेवाको बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले शनिबार उद्घाटन गर्नुभएको हो ।
उद्घाटन समारोहलाई संबोधन गर्दै मुख्यमन्त्री पाण्डेले अस्पतालमा डाइलायसिस सेवा शुरु गर्नका साथै सेवाको गुणस्तरता र निरन्तरता दिनु उत्तिकै जटिल रहेको बताउनु भयो ।

त्यस्तै, बाग्मती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले अब धादिङका विरामीले डाइलायसिस गराउनकै लागि काठमाडौँ लगायत अन्य ठूला सहर धाउनु नपर्ने बताउनु भयो ।

बढी खर्चिलो हुने र विरामीले विभिन्न समस्या भोग्नु परेका कारण उनीहरुलाई सहज बनाउन धादिङ अस्पतालमै डाइलायसिस सेवा शुरु गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र धमलाले बताउनुभयो ।

४ वटा डाइलायसिस उपकरणसहित व्यवस्थापन गरिएको सेवाले पहिलेदेखि डाइलायसिस गरिरहेका विरामी लाभान्वित हुने अध्यक्ष धमलाको भनाई छ । हेमो डाइलायसिस र पेरिटोनल डाइलायसिस गरी मृगौला रोगीहरुलाई दुइ प्रकारले डाइलायसिस गर्ने गरिन्छ ।

धादिङ अस्पतालमा सुरु गरिएको डाइलायसिस सेवा हेमो डाइलायसिस हो । कुनै पनि रोगका कारण मृगौलामा असर प¥र्यो भने धादिङ अस्पतालमा डाइलायसिस गर्न सकिने अनमी अस्मिता भुसालले बताउनुभयो ।

२२ श्रावण २०७९, आईतवार ०९:४१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस