|  

अध्यक्ष नेपाललाई कोरोना संक्रमण

२७ श्रावण २०७९, शुक्रबार ०६:१८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं । नेकपा (एकिकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई कोरोना संक्रमण भएको छ । अध्यक्ष नेपालको सचिवालयले दिएको जानकारी अनुसार आज गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण देखिएको छ । अध्यक्ष नेपाल अहिले सामान्य लक्षणसहित घरमै आराम एवं स्वास्थ्यलाभ गरिरहेको सचिवालयले जनाएको छ । संक्रमण पुष्टि भएसँगै स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गर्दै केही दिनका लागि भेटघाट तथा निर्धारित कार्यक्रमहरू स्थगित गरिएको अध्यक्ष नेपालको सचिवालयले जनाएको छ ।

२७ श्रावण २०७९, शुक्रबार ०६:१८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस