|  

टोलफ्रि नं राखी सेवा दिने जिल्ला कै पहिलो वडा निलकण्ठ १४ धुवाकोट

२७ श्रावण २०७९, शुक्रबार ०६:२६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


स्थानीय तह निर्वाचन पश्चात बनेका जनप्रतिनिधिले सेवाग्राही र सरोकारवालले फोन गर्दा फोन नउठ्ने जनगुनासो बढ्दै गर्दा धादिङको नीलकण्ठ नगरपालिका वडा नं १४ धुवाकोटका नव निर्वाचित वडा अध्यक्षले जनताको कामकाज र वडा कार्यालयबाट उपलब्ध गराउने सेवा सुविधाको विषयमा जन समुदायलाई सेवा दिन र छिटो छरितो प्रशासन बनाउन वडा अध्यक्षको पदभार ग्रहण गरे पश्चातको पहिलो बैठकले वडा कार्यालयमा पैसा नलाग्ने टेलिफोन टोलफ्रीको व्यवस्था गर्ने निर्णय गरेका थिए ।

उक्त निर्णय अनुसार यतिबेला फोन गर्दा पैसा नलाग्ने टोलफ्रि नं १६६००१००११० राखि सेवा दिन सुरु गरिएको छ । जनताको चासो चिन्ता, गुनासो र कार्यालयबाट दिने सेवा सुविधाको विषयमा जन समुदायलाई सहयोग पुग्ने र वडा अध्यक्ष, वडा सदस्य जनप्रतिनिधिहरु, वडा सचिवको व्यक्तिगत फोन नउठ्ने जस्ता समस्यालाई केही हदसम्म गुनासो कम हुने र जनप्रतिनिधि र जनताबिच संवाद गर्दा जनताले खर्च गर्नुपर्ने बध्यतालाई रोक्नको लागि टोलफ्रि नम्बरको व्यवस्था गरिएको वडा अध्यक्ष नमराज दुवाडीले बताउनुभयो ।

टोलफ्रि नम्बरको व्यवस्था गर्दै जनता र जनप्रतिनिधिबिचको सम्बन्धलाई प्रगाढ बनाउनका लागि सम्भवतः धादिङको १०४ वटा वडा मध्ये नीलकण्ठ १४ धुवाकोट पहिलो वडा भएको दाबी गरिएको छ । कार्यलय समय १० देखि ४ बजेसम्म वडा कार्यालयबाट दिने सेवा सुविधा र सूचनाको लागि टोल फ्रि नम्बर सञ्चालनमा ल्याइएको हो ।

२७ श्रावण २०७९, शुक्रबार ०६:२६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस