|  

परम्परागत सांस्कृतिक पर्व गाईजात्रा आज मनाईदै

२७ श्रावण २०७९, शुक्रबार ०६:४४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं । आज परम्परागत सांस्कृतिक पर्व गाईजात्रा परेकोे छ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने यो पर्व मनाइन्छ । काठमाडौं उपत्यकामा आफ्ना मृत पितृको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी परिक्रमा गराउने गरिन्छ । अन्न र द्रव्य दान गरिन्छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । गाइजात्रा तत्कालीन राजा प्रताप मल्लले पालाबाट सुरु भएको हो । पछिल्ला वर्षमा गाईजात्राका दिन देशभरका नेवार समुदायलाई बिदा दिने गरिएको छ । तर, यो वर्ष आज नै रक्षाबन्धन पनि रहेकाले देशभर सार्वजनिक बिदा छ ।

२७ श्रावण २०७९, शुक्रबार ०६:४४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस