|  

मंसिर ४ गते हुने निर्वाचनका लागि ३३ राजनीतिक दल दर्ता

२८ श्रावण २०७९, शनिबार ०६:१५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि ३३ राजनीतिक दल दर्ता भएका छन् । शुक्रबार ५ बजेसम्म यो संख्यामा दल दर्ता भएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिए ।
उनका अनुसार, आगामी साउन ३१ गतेसम्मका लागि दल दर्ताको समय तोकिएको छ । मुख्य राजनीतिक दलमध्ये नेकपा एमाले निर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता भइसकेको छ भने कांग्रेस, माओवादी केन्द्र लगायतका दल दर्ता हुन बाँकी रहेको छ ।
दल दर्ताका लागि आयोगमा राजनीतिक पार्टीको लेखा परीक्षण प्रतिवेदन, निर्वाचन आयोगमा यसअघि भएको दर्ता नम्बर, पार्टीको महाधिवेशनको माइन्युट लगायतका कागजात पेश गर्नुपर्दछ ।

२८ श्रावण २०७९, शनिबार ०६:१५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस