|  

निर्वाचन आयोगले निर्वाचन प्रयोजनार्थ दल दर्ताका लागि दिएको समयावधि आज सकिँदै

३१ श्रावण २०७९, मंगलवार ०७:५५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


निर्वाचन आयोगले संघीय निर्वाचन प्रयोजनार्थ दल दर्ताका लागि दिएको समयावधि मंगलबार सकिँदैछ । आयोगले साउन २२ देखि ३१ गतेसम्मका लागि दल दर्ताको समय दिएको हो । यो अवधिमा कतिपय दल दर्ता भइसकेका छन् भने बाँकी दल मंगलबार दिनभरमा दर्ता हुनेछन् । मंगलबार नै काँग्रेस, माओवादी केन्द्रलगायतका दल दर्ता हुने कार्यक्रम छ ।
मंसिर ४ गते आइतबारका दिन हुने प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनमा भाग लिनका लागि साउन १९ सम्म दर्ता कायम रहेका राजनीतिक दललाई आयोगले दर्ता गर्ने गरेको छ । दल दर्ताको लागि निवेदन दिँदा राजनीतिक दलको विवरण, दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको संख्या, दलले वार्षिक लेखापरीक्षण प्रतिवेदन पेश गरेको मिति र दलको केन्द्रीयस्तर र प्रदेशस्तरको कार्यकारिणी समितिको पछिल्लो निर्वाचन भएको मिति समेत उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ ।

३१ श्रावण २०७९, मंगलवार ०७:५५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस