|  

ढुवानी गर्न नि:शुल्क दिइयो टिपर,फोहोर बोकेका ६० ट्रक बञ्चरेडाँडातर्फ लागे

२ भाद्र २०७९, बिहीबार ११:३७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं । काठमाडौंबाट फोहोर बोकेर ६० वटा टिपर बञ्चरेडाँडातर्फ गएको छ । काठमाडौं महानगरपालिकाको टेकु ट्रान्सप्लान्ट स्टेशनमा थुपारिएको फोहोर लिएर नेपाल टिपर तथा ट्रक व्यवसायी समितिको १८ वटा, काठमाडौं महानगरपालिकाको १२ वटा टिपर र समानान्तर फोहोरमैला प्रालिको ३० वटा टिपरले फोहोर बोकेर बञ्चरेडाँडा गएको महानगरका प्रवक्ता नविन मानन्धरले बताए ।
समानान्तर फोहोरमैला प्रालिको ३० वटा टिपरले नि:शुल्क ढुवानी गरेको हो । यस्तै नेपाल टिपर तथा टिपर व्यवसायी समितिको १८ वटा टिपरका चालकले एक हजार रुपैया ज्याला र लाग्ने डिजेल महानगरले दिएको छ । टिपर भाडा भने नि:शुल्क हो ।

२ भाद्र २०७९, बिहीबार ११:३७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस