|  

धादिङ-पोखरा जनसम्पर्क मञ्चको आयोजनामा तिज विशेष कार्यक्रम ४ गते पोखरामा हुने

२ भाद्र २०७९, बिहीबार १८:०१ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


पोखरा । माओवादी केन्द्र धादिङ पोखरा जनसम्पर्क मञ्चको आयोजनामा पोखरा महानगपालिका १८ को सेदीमा रहेको वाई.यु.के.सुपर मार्केटमा तिज विशेष कार्यकर्ता भेटघाट हुने भएको छ ।
धादिङबाट पोखरा आएर बसोबास गर्नेलाई एकजुट बनाउनको लागि उक्त कार्याक्रमले सहयोग पु¥याउने कार्याक्रम संयोजक केदार अगस्तीले जानकारी दिए ।

भदौं ४ गते आयोजना गरिएको उक्तकार्याक्रममा हजारौं कार्याकर्ताको भेला हुने अगीतीले बताए । उनका अनुसार कार्यकर्ता भेलाले धादिङको विकासको लागि सहयोग गर्ने, विकास निर्माणको विषयमा कार्यकर्तासंग छलफल हुने उनले जानकारी दिएका छन् ।

माओवादी केन्द्र धादिङ जिल्ला कमिटि सदस्य तथा वाई.यु.के. सुपरमार्केटका संचालक युवराज खतिवडाले जानकारी दिएका छन । खतिवडाले धादिङका सबैको जनताको साझा कार्याक्रम भएकाले सबैलाई यस तिजको शुभकामना आदान प्रदान कार्याक्रममा सहभागी अनुरोध गरेको छन् ।

कार्याक्रममा बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमरकट्टेल प्रमुख आथित्यता रहने खतिवडाले बताउनु भयो । हिन्दु नारीहरुको महान चार्ड हरितालिका तिजको अवसरमा भेटघाट तथा तिजको शुभकामना आदान प्रदान गर्ने उद्धेश्यले कार्यक्रम गर्न लागिएको हो ।

२ भाद्र २०७९, बिहीबार १८:०१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस