|  

किराञ्चोक मा.वि.को अध्यक्षमा पूर्व वडाध्यक्ष राजकुमार ढुंगाना चयन

२ भाद्र २०७९, बिहीबार २०:०५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी/धादिङ, साविक किराञ्चोक गाविसको शैक्षिकहबको रुपमा स्थापित किराञ्चोक माध्यमिक विद्यालयको व्यवस्थापन समितीको अध्यक्षमा गजुरी गाउँपालिका वडा नं. ८ का पूर्व अध्यक्ष राजकुमार ढुंगाना चयन भएका छन् । बिहिवार भएको अभिभावकको भेलाले आगामी कार्यकालको लागी विद्यालय व्यवस्थापन समितीको अध्यक्षमा सर्वसम्वत चयन भएका हुन् । समितीको सदस्यहरुमा गोपाल तामाङ ,दिनेश लोप्चन, ज्योति खड्का, नबराज बस्नेत, बाबरी बराल, रामकाजी अधिकारी रहेका छन् । कार्यक्रममा गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठ, गजुरी गाउँपालिका वडा नं. ८ का अध्यक्ष देवराज ओझा, गाउँपालिकाको शिक्षा शाखा प्रमुख भिमसेन विष्ट, लगायत शैक्षिक व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

२ भाद्र २०७९, बिहीबार २०:०५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस