|  

धादिङको गजुरीमा २६४ किलो ८३७ ग्राम गाँजासहित तामाङ पक्राउ

२ भाद्र २०७९, बिहीबार २२:३५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


धादिङ — धादिङको गजुरी गाउँपालिका ५ घाटबेंसीबाट प्रहरीले लागूऔषध गाँजा बरामद गरेको छ । पृथ्वी राजमार्गमा जाँच गर्ने क्रममा बिहीबार दिउँसो २६४ किलो ८३७ ग्राम गाँजासहित गजुरी गाउँपालिका ७ पेटारे बस्ने ३६ वर्षीय बुद्धिमान तामाङलाई पक्राउ गरिएको हो ।
ग १ ख ९६५४ नम्बरको ट्रक जाँच गर्ने क्रममा गाँजा भेटिएको इलाका प्रहरी कार्यलय गजुरीले जनायो । सोही ट्रक नजिकै बा ३७ प ७९०७ नम्बरको मोटरसाइकललाई समेत नियन्त्रणमा लिइएको छ ।
प्रहरीका अनुसार पक्राउ परेकामाथि धादिङ जिल्ला अदालतबाट म्याद लिई अनुसन्धान भइरहेको छ ।

२ भाद्र २०७९, बिहीबार २२:३५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस