|  

धादिङमा ६ वटा मतदानस्थल थपियाे, मतदाता संख्या २,६५,९९६

२ आश्विन २०७९, आईतवार ०७:४८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


धादिङ जिल्लामा ६ वटा मतदानस्थल थपिएको छ भने ६ वटा परिवर्तन र १ वटा खारेज गरिएको छ । रुविभ्याली गाउँपालिका वडा नं १ को वडा कार्यालय लब्दुङ, रुविभ्याली –१ लाप्साङ कर्पो आधारभूत विद्यालय, पुरु, वडा न ४ को हिन्दुङ आधारभूत विद्यालय, वडा नं ५ को नेबेर आधारभूत विद्यालय, वडा न ५ को तिम्ला आधारभूत विद्यालय, कपुरगाउँ, वडा न ५ कै तिङचेत आधारभूत विद्यालयमा मतदान केन्द्र थप गरिएको जिल्ला निर्वाचन कार्यालय धादिङले जानकारी दिएको छ ।

त्यस्तै ६ वटा मतदान स्थलको स्थान परिवर्तन गरेको छ । गजुरी गाउँपालिका कन्या प्राविबाट वडा नं २ को वडा कार्यालय, अमिलटार, ज्वालामुखी गाउँपालिका साविक वडा कार्यालय भवन, रानाचौतारा बाट रत्न ज्योती आधारभूत विद्यालय, धुनीबेसी नगरपालिका रमाइलो चौर बाट वडा नं ३ को वडा कार्यालयमा परिवर्तन गरिएको छ ।

नीलकण्ठ नगरपालिका रत्नदेबी आधारभूत विद्यालयबाट रामकोट माध्यमिक विद्यालय, ठाडोखोरिया, नेत्राबती डबजोङ गाउँपालिका ताङजोमाने (खुल्लाचौर) बाट नागरिक आरोग्य केन्द्र, बेनिबाट रोराङ गाउँपालिका कालिका आधारभूत विद्यालय, मोहरियाबाट हर्कपुर माध्यमिक विद्यालय, गोदाममा स्थान परिवर्तन गरिएको छ ।

निर्वाचन कार्यालयले जिल्लाको रुविभ्याली वडा नं १ को जुम्लाप्दुङ खेलमैदानलाई खारेज गरेको छ । खुल्ला मैदान र अपायक भएकाले खारेज गर्न सिफारिस गरिएको जिल्ला निर्वाचन कार्यालय धादिङले जनाएको छ । मतदान केन्द्र टाढा भएका ठाउँहरुमा थप गर्न, अपायक ठाउँमा परिवर्तन र खारेज समेत गर्न सिफारिस पठाएकोमा कार्यान्वयन भएर आएको जिल्ला निर्वाचन कार्यालय धादिङका निर्वाचन अधिकृत सन्तोष कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

यो संगै धादिङमा १ सय १४ वटा मतदान स्थल र ३ सय ३ वटा मतदान केन्द्र कायम गरिएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि धादिङ जिल्लाबाट १ लाख ३५ हजार ४ सय १ पुरुष र १ लाख ३० हजजार ५ सय ९४ महिला र १ जना अन्य मतदाता गरी २ लाख ६५ हजार ९९६ मतदाता निर्वाचनमा सहभागी हुनेछन् ।

२ आश्विन २०७९, आईतवार ०७:४८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस