|  

आजदेखि तीनदिनसम्म आठौँ संविधान दिवस मनाइँदै

२ आश्विन २०७९, आईतवार ०७:५२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डाै – आजदेखि तीनदिनसम्म आठौँ संविधान दिवस मनाइँदैछ । नेपालको नयाँ संविधान–२०७२ जारी भएको ७ वर्ष पुगेर ८ वर्ष लागेको अवसरमा सरकारले संविधान दिवस तीन दिनसम्म विभिन्न कार्यक्रमका साथ मनाउन आग्रह गरेको छ ।

आजदेखि पर्सिसम्म तीनदिन कार्यक्रम हुनेछन् । २०७२ साल असोज ३ गते संविधान सभाबाट सङ्घीयतासहितको ‘नेपालको संविधान’ जारी भएको थियो । त्यही दिनलाई राष्ट्रिय पर्वका रूपमा मानेर हरेक वर्ष संविधान दिवस मनाउने गरिन्छ । यसवर्षको संविधान दिवस मनाउनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको संयोजकत्वमा मूल समारोह समिति गठन भएको थियो ।

आजदेखि तीन दिन देशभरि र विदेशमा रहेका नेपाली कुटनीतिक नियोग तथा निकायमा विभिन्न कार्यक्रमकासाथ मनाउने निर्णय गरिएको छ।

२ आश्विन २०७९, आईतवार ०७:५२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस