|  

संविधान दिवसको पूर्वसन्ध्यामा गजुरी गाउँपालिकाको दीप प्रज्ज्वलन कार्यक्रम

२ आश्विन २०७९, आईतवार १९:४२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


संविधान दिवसको पूर्वसन्ध्यामा धादिङको गजुरी गाउँपालिकाले दीप प्रज्ज्वलन कार्यक्रम गरेको छ । गाउँपालिका परिसरमा दिप प्रज्वलन गरि संविधान दिवसको स्वागत गरेको हो । गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठ, वडाध्यक्षहरु तारा भण्डारी, गोविन्द लामिछाने तथा प्रमुख प्रशासकिय अधिकृत नर ब. विक लगायतले दिप प्रज्वलन गरेका हुन् । नेपालको संविधान वि.सं २०७२ साल असोज ३ गते जारि भए यता असोज ३ गतेलाई संविधान दिवसको रुपमा मनाईदै आएको छ ।

२ आश्विन २०७९, आईतवार १९:४२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस