|  

संविधान दिवसको अवसरमा गजुरी गाउँपालिकाको प्राभातफेरि तथा वृक्षारोपण कार्यक्रम सम्पन्न

३ आश्विन २०७९, सोमबार ०९:१८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


संविधान दिवसको अवसरमा गजुरी गाउँपालिकाले आज प्रभातफेरि तथा वृक्षारोपण कार्यक्रम गरेको छ । गजुरी गाउँपालिका वडा नं १ स्थित आदर्श माध्यमिक विद्यालयको कम्पाउण्डमा वृक्षारोपण गरेको हो । पालिका अध्यक्ष गणेशलाल श्रेष्ठले वृक्षरोपण गर्दै संविधान दिवसको सम्पूर्ण नेपालीहरुमा शुभकामना व्यक्त गर्नु भयो । कार्यक्रममा पालिकाकी उप प्रमुख शर्मिला विशुराल, वडाध्यक्षहरु तारा भण्डारी, गोविन्द लामिछाने तथा प्रमुख प्रशासकिय अधिकृत लगायतको सहभागिता रहेको थियो । तस्विरमा गजुरी गाउँपालिकाको संविधान दिवस

३ आश्विन २०७९, सोमबार ०९:१८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस