|  

माओवादी केन्द्रले टुंग्यायो समानुपातिक उम्मेदवार, हस्ताक्षर हुन बाँकी

३ आश्विन २०७९, सोमबार १५:२५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


नेकपा (माओवादी केन्द्र)ले समानुपातिक प्रणालीतर्फका उम्मेदवार टुंगो लगाएको छ ।

मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाउनुपर्ने समानुपातिक उम्मेदवारको बन्दसूची तयार भइसकेको केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।

उनका अनुसार त्यसमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्ताक्षर गर्न मात्रै बाँकी छ ।

३ आश्विन २०७९, सोमबार १५:२५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस