|  

संविधान दिवसको अवसरमा महादेवबेशीमा रक्तदान कार्यक्रम

३ आश्विन २०७९, सोमबार १८:१५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


आज असोज ३ अर्थात् संविधान दिवस । ०७२ असोज ३ गते आजकै दिन संविधान जारी भएको अवसरमा धादिङको थाक्रे गाउँपालिका–६ महादेवबेशीमा रक्तदान कार्यक्रममा सम्पन्न भएको छ । आठौं संविधान दिवसकै अवसरमा भएको रक्तदान कार्यक्रममा ७५ जनाले रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाईटी केवलपुर उप–शाखाको आयोजनामा भएको रक्तदान कार्यक्रममा १४ जना महिला र ६१ जना पुरुष गरी ७५ जनाले रक्तदान गरेको थाक्रे गाउँपालिका उपाध्यक्ष यन्त्र बहादुर थापाले बताउनु भयो । कार्यक्रममा थाक्रे गाउँपालिकाको समन्वय रहेको थियो ।

३ आश्विन २०७९, सोमबार १८:१५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस