|  

आजबाट खसीबोकाको स्वास्थ्य परीक्षण

११ आश्विन २०७९, मंगलवार ०७:२४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं । काठमाडौं उपत्यकामा पशुसेवा विभागले विभिन्न १० ठाउँमा आजबाट खसीबोकाको स्वास्थ्य परीक्षण गरिने भएको छ । दसैँमा उपभोक्ताको स्वास्थ्यमाधि असर पर्ने अस्वस्थ कर खसीबोका भित्रिन सक्ने हुनाले विभागले स्वास्थ्य परीक्षण गर्न लागेको जनाएको छ ।

बिरामी अस्वस्थकर खसीबोका भित्रिन सक्ने हुँदा विभिन्न १० ठाउँबाट स्वास्थ्य परीक्षण गरिन लागेको विभागले जनाएको छ । आजदेखि नवमीसम्म ५० जना पशु चिकित्सकको टोलीले विभिन्न ठाउँमा गएर खसीबोका स्वस्थ रहे नगरेको परीक्षण गर्नेछन् । कलंकी, चन्द्रागिरि, टुकुचा, टोखा, चाल्नाखेल, सल्लाघारी, बल्खु, लोकन्थलीलगायत ठाउँमा गएर पशु चिकित्सकले खसीबोकाको स्वास्थ्य परीक्षण गर्नेछन् ।

स्वास्थ्य परीक्षण गरेर स्वस्थकर खसीबोकाको सिंगमा हरियो र अस्वस्थकरको सिङमा रातो रङको स्टिकर लगाइने विभागले बताएको छ ।

खसीबोकाको सिङमा रातो स्टिकर लगाएको अस्वस्थकर हुने हुँदा उपभोक्तालाई खरिद नगर्न विभागले भनेको छ ।

११ आश्विन २०७९, मंगलवार ०७:२४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस