|  

आज नवरात्रीकाे साताैँ दिन फूलपाती भित्र्याइँदै

१६ आश्विन २०७९, आईतवार ०७:५० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं । आइतबार नवरात्रीको सातौँ दिन अर्थात् फूलपाती । घरघरमा शास्त्रीय विधिअनुसार शुभसाइतको प्रतीक फूलपाती भित्र्याइन्छ ।

काठमाडौंको दसैं घरमा पनि विधिपूर्वक फूलपाती भित्र्याइन्छ । गोरखाबाट पठाइएको फुलपाती लिन गुरुजुको पल्टन सहितको लावालस्करले जमलमा पुगि डोलामा राखि फूलपाती हनुमान ढोका ल्याउने परम्परा छ ।

फूलपातीमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको पूल, मान वृक्ष र अन्य मौसम अनुसारका फूलहरु समावेश गरिएको हुन्छ ।

दसैं घरमा फूलपाती भित्र्याइएपछि नेपाली सेनाले टुँडिखेलमा हर्ष बढाईं गर्ने चलन छ । सेनाको हर्ष बढाईं अवलोकन गर्न राष्ट्र प्रमुख, सरकार प्रमुख र विशिष्ट व्यक्तिहरू सरिक हुने चलन छ ।

१६ आश्विन २०७९, आईतवार ०७:५०  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस