|  

धादिङको गल्छीमा कारले ठक्कर दिँदा एक महिलाको मृत्यु

२३ आश्विन २०७९, आईतवार ०६:२६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका-६ सुत्केरी ढुङ्गानजिकै कारले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । मुग्लिनबाट काठमाण्डौका लागि छुटेको बा १८ च ४९३५ नम्बरको कारले सडक किनारामा हिँडिरहेकी ५१ वर्षीया दिनामाया आचार्यलाई ठक्कर दिएको हो ।
कारको ठक्करपछि उपचारका लागि अस्पताल लैजाँदै गर्दा उनको बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

२३ आश्विन २०७९, आईतवार ०६:२६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस