|  

माओवादीका उम्मेदवार जम्कटेललाई एमाले कार्यकर्ताले गरे स्वागत

२३ आश्विन २०७९, आईतवार १७:४१ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


यहि मंसिर ४ गते हुने प्रतिनीधि सभा र प्रदेश सभा निर्वाचनको लागि आज उम्मेदवारहरुले मनोनयन दर्ता गरेका छन् । धादिङको क्षेत्र नं.१ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. २ मा प्रदेश सभा सदस्यका लागि मनोनयन दर्ता गर्न जाने क्रममा रोचक दृष्य देखियो । लामो समय देखि एमाले राजनीतिमा रहेका गल्छीका नेता केशव अधिकारी लगायत एमाले कार्यकर्ताहरुले बाम लोकतान्त्रीक गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका शालिकराम जम्कटेललाई स्वागत गरेका छन् । आईतवार मनोनयन दर्ताको लागि निर्वाचन आयोग जाने क्रममा एमाले लगायत अन्य दलका कार्यकर्ताहरुले जम्कटेल सबैको साझा उम्मेदवार भएको भन्दै मनोनयन दर्ता स्थलमा समेत एमाले कार्यकताले खादामाला लगाएर बधाई समेत दिएका थिए । २०६३ साल देखि धादिङका जनजनको मनमनमा पुगेका जम्कटेल धादिङमा सबै भन्दा बढि रुचाईएको उम्मेदवार हुन् ।

२३ आश्विन २०७९, आईतवार १७:४१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस