|  

उम्मेदवारको विरोधमा आज उजुरी दिन सकिने

२४ आश्विन २०७९, सोमबार ०९:३२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं : आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गरेका उम्मेदवारमाथि सोमबार उजुरी दिन सकिने छ।
निर्वाचन आयोगले उम्मेदवारको विरोधमा उजुरी दिने समय सोमबार बिहान १० देखि दिउँसो ३ बजेसम्म तय गरेको छ।

आयोगले मनोनयन पत्र दर्ता भएको उम्मेदवारको सूची गएराति नै प्रकाशन गरेको छ। आयोगका अनुसार प्रतिनिधिसभातर्फ दुई हजार ४७३ र प्रदेश सभातर्फ तीन हजार ३९३ जनाले उम्मेदवारी दर्ता गरेका छन्।

सोमबार दिउँसो ३ बजेदेखि २५ गते साँझ ५ बजेसम्म​ मनोनयपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने आयोगले जनाएको छ। आयोगले २५ गते नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ।

२४ आश्विन २०७९, सोमबार ०९:३२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस